२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रित नपुगी केन्द्रबाट नविकरण भएका सदस्यता अमान्य

२४ फाल्गुन २०७३, मंगलवार ०८:४३

दान बहादुर बुढा/फागुन २४, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको आगामी फागुन २६ गते हुन गईरहेको चौंथो जिल्ला अधिवेशनका लागि रित नपुगि अधिवेशनको अन्तिम संघारमा केन्द्रबाट सोझै सदस्यता नविकरण गरि पठाएका सदस्यतालाई अमान्य हुने निर्णय गरेको छ  ।

शाखाको सोमवार गमगढीमा बसेको बैठकले महासंघसंग यस अघि आवद्ध भएका तर वेला वेला सदस्यता नविकरण गर्न सार्वजनिक सुचना जारी गर्दा पनि शाखामा कुनै सम्पर्क नराखेर नविकरण शुल्क समेत नबुझाई एकै चोटी महासंघको केन्द्रीय कार्यालयबाट अधिवेशन हुनु एक दुई दिन पुर्व शाखाको साधारण सदस्यता नविकरण गराएको सुचिमा परेका सदस्यहरुलाई रित नपुगेको अमान्य ठहर हुने भन्दै  अधिवेशनको बन्द सत्रमा समावेश नगराउने निर्णय गरेको शाखाका सचिव दानबहादुर बुढाले जानकारी दिए ।

 महासंघको सदस्यता नविकरण गर्दा संघको विधान बमोजिम सार्वजनिक सुचना भएको अवधि भित्र तोकिएको मापदण्ड अनुसार सम्बन्धित शाखाको सिफारिस भएपछि मात्र केन्द्रीय समितिले नविकरण गर्ने भए पनि नविकरणका लागि पटक पटक सुचना जारी गर्दा समेत सम्पर्कमा नआउने र अधिवेशन हुने वेला एकाएक केन्द्रबाट सदस्यता नविकरण गरि पठाउने प्रचलनले जिल्ला शाखामा विवाद उत्पन्न हुने गरेकाले अब देखि जिल्ला शाखाको सिफारिस विना नै केन्द्रीय समितिले नविकरण गरेका सदस्यता अमान्य हुने पत्रकार महासंघ मुगु शाखाले जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले हालसम्म पनि मुगु शाखामा आवद्ध रहेका शाखाका सदस्यहरुको सदस्यता नविकरण सुचि समेत नपठाएको शाखाले जनाएको छ । यस अघि २२ जना सदस्यता आवद्ध रहेको शाखाका सदस्य मध्य १५ सदस्यले मात्र सदस्यता नविकरणका लागि शाखामा आवेदन दिएका थिए ।

 बैठकले आउदो फागुन २६ गते हुन लागेको शाखाको चौंथो जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्लामा क्रियाशिल रहेका सञ्चार कर्मिहरु र महासंघका सम्पुर्ण कार्य समितिलाई सक्रिय भएर जुट्न आव्हान समेत गरेको छ । 

सोमबार गमगढीमा बसेको शाखाको बैठकले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सम्मान प्रदान गर्नका लागि शाखाका अध्यक्ष सुमन मल्लको संयोजकत्वमा तिन सदस्यीय उत्कृष्ट पत्रकारिता सम्मान छनौट समिति गठन गरेको छ । त्यस्तै  कोषाध्यक्ष नृपेन्द्रबहादुर मल्लको संयोजकत्वमा ३ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य