दलसिंह गिरी/फागुन २५, कालिकोट । ग्रामिण भेगमा रहेका सशक्त युवाहरु नै समुदायको पहिलो पहरेदार रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप उद्धार समितिका संयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २५, कालिकोट । ग्रामिण भेगमा रहेका सशक्त युवाहरु नै समुदायको पहिलो पहरेदार रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप उद्धार समितिका संयो"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

समुदायको पहरेदार स्थानीय यूवाहरु हुन्: प्रजिअ सुबेदी

२५ फाल्गुन २०७३, बुधबार १२:४८


दलसिंह गिरी/फागुन २५, कालिकोट । ग्रामिण भेगमा रहेका सशक्त युवाहरु नै समुदायको पहिलो पहरेदार रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक गिरधारी सुबेदीले बताउनु भएको छ । 

कुनै पूर्व जानकारी विनै अकस्मात हुने विपदमा उद्धारका लागि स्थानीय युवाहरु तत्कालै सक्रिय रहने भएकाले समुदायको पहरेदार युवारहेको बताउनु भएको हो । उच्च जोखिममा रहेका जिल्लाका २ वटा गाविस लालु र माल्कोटका स्थानीय विपद ब्यवस्थापन कार्यदलका युवाहरुलाई दिईने ३ दिने खोज तथा उद्धार तालिमको उद्घाटन सत्रमा बोल्दै सुबेदीले कालिकोटको भौगोलिक अवस्था र बाताबरणिय परिवेश अनुसार अकस्मात हुने बिपद न्यूनिकरण गर्न प्रारम्भिक उद्धार समुदाय रहेकाले समुदायलाई यसबारे पूर्ण जानकारी गराउन आवश्यक रहेको बताउनु भएको छ ।

सामुदायिक विकास कार्यक्रम कालिकोटका जिल्ला संयोजक लिलाराज न्यौपानेको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा बोल्दै नेपाल रेटक्रस सोशाईटी शाखा कालिकोटका अध्यक्ष बल प्रसाद संज्यालले विपद न्यूनिकरणका ३ वटा चरणहरु विपद पूर्व तयारी, प्रतिकार्य र पुनरनिर्माण विपद उत्थानशिल समाज निर्माणको पहिलो आधार रहेकाले यसको प्रभावकारिताका लागि पहिला समुदायलाई सशक्त बनाउनु पहिलो आवश्यकता रहेको बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्ममा आज बाट ३ दिन सम्म संचालन हुने खोज तथा उद्धार तालिममा सहजिकरण गर्न सशक्त प्रहरी बल मध्यपश्चिम क्षेत्रबाट आउनु भएका इंस्पेटर धन बहादुर सिंहले विपदको पहिलो उद्धारकर्मी भनेको स्थानीय समुदाय रहेकाले जोखिम न्यूनिकरणका लागि समुदायलाई सशक्त बनाउन हाम्रो पहिलो दायित्व रहेको बताउनु भएको छ ।

तिन दिन सम्म हुने तालिममा उद्धारमा अपनाउनु पर्ने तरीका काम र चरणहरुबारे शैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिने प्रतिवद्धता समेत गर्नु भएको छ । चन्द्रसूर्य होटलको सभाहलमा आज विहान बाट सुरु भएको तालिमको उद्घाटन प्रमुख अथिति सुबेदीले पानसमा बत्तीबालेर उद्घाटन गर्नु भएको छ भने तालिम २ वटा गाविस लालु र माल्कोटका करिव २५ जना सहभागि रहनु भएको छ । तालिमको आयोजना सामुदायिक विकास कार्यक्रमले गरेको छ भने यसको प्राविधिक सहयोग शसक्त प्रहरी बल विपद ब्यवस्थापन तालिम केन्द्र कुरिन्टारले गरेको छ ।   









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य