२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बन्दका कारण कपिलवस्तु पूर्ण प्रभावित

२०७३, २५ फाल्गुन बुधबार १२:५१

फागुन २५, कपिलवस्तु । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस बन्दको दोस्रो दिन कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । 

बन्दकर्ताले बिहानैदेखि तौलिहवा र आसपासका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बन्दका कारण जिल्लाको पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा ठप्प रहेको छ । यसैगरी तौलिहवा जितपुर, कृष्णनगर चन्द्रौटा, तौलिहवा लुम्बिनी सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् । 

बन्दकर्ताहरुले प्रमुख ठूला तीन दल विरोधी नारावाजी गर्दै सदरमुकाम तौलिहवामा जुलुस प्रदर्शन गरेका छन् । बन्दका कारण तौलिहवा, कृष्णनगर, चन्द्रौटा, बहादुरगन्ज, महाराजगन्ज, पकडीलगायतका बजार पूर्णरुपमा बन्द छन् । 

मोर्चाको बन्दले दुवै दिन कृष्णनगर भन्सार कार्यालय र सुठौली छोटी भन्सार नाकाबाट आयात निर्यात कार्य ठप्प हुँदा राजस्व सङ्कलन हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा