२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पम्पिङ गरेर खोलाको पानी

२५ फाल्गुन २०७३, बुधबार १३:०९

फागुन २५, खोटाङ । दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न साप्सुखोलाबाट पम्पिङ गरेर पानी तान्ने तयारी गरिएको छ । 

बढ्दो सहरीकरण तथा जनसङ्ख्य वृद्धिले नगरपालिकामा खानेपानीको समस्या दिनानु दिन बढ्दै गएपछि पम्पिङ गरेर खोलाको पानी ताल्ने तयारी गरिएको हो । 

बजार क्षेत्रबाट करिब एक हजार २०० मिटर तल रहेको खोलाको पानी बिजुलीमार्फत निकाल्न सर्भेक्षणसमेत गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत सञ्चालन हुने उक्त आयोजनाका लागि यसवर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ । 

नगरपालिकामा हाल सञ्चालित पानीको मुहान सुक्दै गएको तथा अन्य ठाउँबाट ल्याउने मुहान नपाएपछि खोलाको पानी तान्ने योजना बनाइएको राप्रपाका नेता अर्जुन राईले बताउनुभयो । 

“दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न उपयुक्त ठाउँमा पानीको मुहान पाइएनँ” उहाँले भन्नुभयो, “जटिल रुपमा देखिएको समस्या समाधान गर्न पम्पिङ प्रविधि अपनाएर साप्सुखोलाबाट पानी निकाल्ने तयारी गरिएको हो ।” 

जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको समन्वयमा सञ्चालन हुने आयोजनाको डिटेल सर्भे इगल सोलुसन कन्सलटेन्सीले गरेको छ । आयोजना सम्पन्न गर्न कति बजेट र समय लाग्ने भन्नेमा सर्भेक्षण प्रतिवेदन आउन बाँकी छ । 

करिब दश ठाउँमा लिफ्ट गर्दै निकालिने पानी मझुवागडीमा जम्मा गरेर वितरण गर्ने योजना बनाइएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख विजय ठाकुरले जानकारी दिनुभयो । 

“अहिले नगरपालिकामा १५ देखि २० लिटर प्रतिसेकेन्ड पानीको आवश्यकता देखिन्छ” उहाँले भन्नुभयो, “पम्पिङ प्रविधिको आयोजना सम्पन्न गर्न सके त्यो समस्या समाधान गर्न सकिन्छ ।” 

पानी अभावमा बजारवासी, सशस्त्र प्रहरी बेसक्याम्प लगायतलाई सार्नुपर्ने अवस्था आउन लागेकाले खोलाको पानी पम्पिङ गरेर तान्ने तयारी गरिएको कार्यालयले जनाएको छ । करिब चार हजार घरधुरी रहेको नगरपालिकामा लामो समयदेखि हिउँदमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ । 

नगरपालिकामा अहिले दुई वटा योजनाबाट करिब ६ लिटर प्रतिसेकेन्ड पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान÷बेलुका करिब दुई घन्टा वितरण गर्ने व्यवस्था मिलाइए पनि कतिपयको धारामा पानी पुग्दैन । 

सुख्खाग्रस्त क्षेत्र लिच्कीराम्चे र हलेसी क्षेत्रमा नदीको पानी तान्ने तयारी भइरहेका बेलामा नागरपालिकामा पनि खोलाको पानी तान्ने योजना अघि सारिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन