पर्वत । नेपाल सरकारले आर्थिक वर्ष २०६३।०६४ देखि महिलाका नाममा स्वामित्व प्राप्त हुने गरि परित निति अनुसार महिलाको स्वामित्वमा अझै पनि सम्पत्ति हुन  नसकेको एक तथ्याङ्कले देखाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल सरकारले आर्थिक वर्ष २०६३।०६४ देखि महिलाका नाममा स्वामित्व प्राप्त हुने गरि परित निति अनुसार महिलाको स्वामित्वमा अझै पनि सम्पत्ति हुन  नसकेको एक तथ्याङ्कले देखाएको छ ।

८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ६२५५ महिलाको स्वामित्वमा घरजग्गा

२६ फाल्गुन २०७३, बिहीबार ०४:५७

पर्वत । नेपाल सरकारले आर्थिक वर्ष २०६३।०६४ देखि महिलाका नाममा स्वामित्व प्राप्त हुने गरि परित निति अनुसार महिलाको स्वामित्वमा अझै पनि सम्पत्ति हुन  नसकेको एक तथ्याङ्कले देखाएको छ ।

देशमा आमूल परिर्वतन उच्च निकायमा तीन महिलाहरुको नेतृत्व भएता पनि अझै पनि देशमा महिलाहरुको स्वामित्वमा घरजग्गा तथा अन्य सम्पत्ति नभएको तथ्याङ्कले देखाएको हो । आजको सहारान्यूजमा खबर छ ।


२०६८ को जनगणना  अनुसार पर्वतमा १ लाख ४६ हजार ५ सय ९० कुल जनसख्या मध्ये ८१ हजार २ सय ८९ जना महिला रहेका छन् । तर महिलाको स्वामित्वमा घरजग्गा भने ६२५५मा रहेको जिल्ला मालपोत कार्यालयको तथ्याङ्कले देखाएको छ । आधा भन्दा बढि महिलाको जनसंख्या भएता पनि सोही अनुसार सम्पत्तिमा अझै पनि महिलाहरुको अधिकार र स्वामित्व हुन सकेको छैन ।


जिल्लामा हालसम्म  २२९२ समुह ,२० वटा महिला सहकारी संस्था मा १३३६४ महिला संगठित रहेर  १ करोड ९२ लाख २ हजार ९ सय ८४  बचत संकलन गरि परिचालन गरिरहेको तथ्याङ्क छ । तर पनि महिलाको स्वामित्वमा भने अझै पनि सम्पत्ति रहन सकेको देखिदैन ।


“बदलिदो परिवेशमा कामकाजी महिला सन् २०३० सम्ममा    बराबरी पाइला” भन्ने मुल नाराका साथ विश्वभर १०७ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सोही अबसरमा महिला तथा बालबालिका कार्यालय पर्वतले सार्वजानिक गरेको प्रतिबेदनमा पर्वतमा अझै पनि महिलाहरुको अबस्था नाजुक रहेको देखाएको छ ।

देशभर महिला हिंसाका घटना घटिरहेको अबस्थामा पर्वत जिल्ला पनि सो कुरामा अछुतो भने रहन नसकेको तथ्याङकले देखाएको छ ।  गत वर्ष १५७ वटा महिला संग सम्बन्धित अर्थात घरेलु हिंसाको निवेदनहरु दर्ता  भएका थिए भने यो आवमा ४८ वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् । जसमा बालविवाह देखि जबरजस्ती करणीका मुद्धाहरु रहेका छन् । जिल्ला अदालत पर्वतमा  श्रावण देखि कार्तिक मसान्त सम्म ६ वटा महिलासंग सम्बन्धित उजुरीहरु परेका छन् जबरजस्ती करणीका २ मुद्धा, घरेलु हिंसा ३ र मानबबेचबिखन १ रहेको छ । 

पर्वत जिल्लामा सिप सिक्ने महिलाको सख्या ४५५ जना छन र सो सिप सिकेर रोजगार पाएका तथा व्यवसाय गेरका महिला सख्या ८० जना माात्र रहेको तथ्याङ्कले देखाएको छ । महिलाहरुलाई अझै पनि सिपको पहुँच हुन नसेकेको र भएकाको पनि सोही अनुसार रोजगारमुखी बन्न सकेको देखिदैन ।

प्रत्येक वर्ष मार्च ८ तारीकका दिन अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउदै आइएको हो । जर्मनका क्लारा जेटकिनले सन् १९१० मा महिला दिवस मनाउने प्रस्ताव राखेपछि विश्वका महिला एक हौ भन्दै महिलाको आर्थिक , सामाजिक र राजनीतिक अधिकारका लागि विभिन्न कार्यक्रमको आयोजना हुदै आएको छ । त्यसपछि सन् १९११ देखि विश्वभर आठ मार्चमा महिला दिवस मनाउने क्रम निरन्तर रहेको छ । नेपालमा भने २०१७ सालमा मात्र पहिलोपल्ट महिला दिवस मनाईएको थियो । २०४६ को जनआन्दोलनपछि नेपालमा विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले यसलाई मनाउने क्रम शुरु गरे पनि पछिल्ला दिनमा आम नेपाली महिलाले अन्तराष्ट्रिय महिला दिवस मनाउने गरेका छन् । अन्तराष्ट्रिय महिला दिवसको अबसरमा आज नेपाल सरकारले महिला र पूरुष दुबैलाई सार्वजनिक विदा दिएको छ ।

अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले समान कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० देखि मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने