पर्वत । नेपाल सरकारले आर्थिक वर्ष २०६३।०६४ देखि महिलाका नाममा स्वामित्व प्राप्त हुने गरि परित निति अनुसार महिलाको स्वामित्वमा अझै पनि सम्पत्ति हुन  नसकेको एक तथ्याङ्कले देखाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल सरकारले आर्थिक वर्ष २०६३।०६४ देखि महिलाका नाममा स्वामित्व प्राप्त हुने गरि परित निति अनुसार महिलाको स्वामित्वमा अझै पनि सम्पत्ति हुन  नसकेको एक तथ्याङ्कले देखाएको छ ।

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ६२५५ महिलाको स्वामित्वमा घरजग्गा

२०७३, २६ फाल्गुन बिहीबार ०४:५७

पर्वत । नेपाल सरकारले आर्थिक वर्ष २०६३।०६४ देखि महिलाका नाममा स्वामित्व प्राप्त हुने गरि परित निति अनुसार महिलाको स्वामित्वमा अझै पनि सम्पत्ति हुन  नसकेको एक तथ्याङ्कले देखाएको छ ।

देशमा आमूल परिर्वतन उच्च निकायमा तीन महिलाहरुको नेतृत्व भएता पनि अझै पनि देशमा महिलाहरुको स्वामित्वमा घरजग्गा तथा अन्य सम्पत्ति नभएको तथ्याङ्कले देखाएको हो । आजको सहारान्यूजमा खबर छ ।


२०६८ को जनगणना  अनुसार पर्वतमा १ लाख ४६ हजार ५ सय ९० कुल जनसख्या मध्ये ८१ हजार २ सय ८९ जना महिला रहेका छन् । तर महिलाको स्वामित्वमा घरजग्गा भने ६२५५मा रहेको जिल्ला मालपोत कार्यालयको तथ्याङ्कले देखाएको छ । आधा भन्दा बढि महिलाको जनसंख्या भएता पनि सोही अनुसार सम्पत्तिमा अझै पनि महिलाहरुको अधिकार र स्वामित्व हुन सकेको छैन ।


जिल्लामा हालसम्म  २२९२ समुह ,२० वटा महिला सहकारी संस्था मा १३३६४ महिला संगठित रहेर  १ करोड ९२ लाख २ हजार ९ सय ८४  बचत संकलन गरि परिचालन गरिरहेको तथ्याङ्क छ । तर पनि महिलाको स्वामित्वमा भने अझै पनि सम्पत्ति रहन सकेको देखिदैन ।


“बदलिदो परिवेशमा कामकाजी महिला सन् २०३० सम्ममा    बराबरी पाइला” भन्ने मुल नाराका साथ विश्वभर १०७ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सोही अबसरमा महिला तथा बालबालिका कार्यालय पर्वतले सार्वजानिक गरेको प्रतिबेदनमा पर्वतमा अझै पनि महिलाहरुको अबस्था नाजुक रहेको देखाएको छ ।

देशभर महिला हिंसाका घटना घटिरहेको अबस्थामा पर्वत जिल्ला पनि सो कुरामा अछुतो भने रहन नसकेको तथ्याङकले देखाएको छ ।  गत वर्ष १५७ वटा महिला संग सम्बन्धित अर्थात घरेलु हिंसाको निवेदनहरु दर्ता  भएका थिए भने यो आवमा ४८ वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् । जसमा बालविवाह देखि जबरजस्ती करणीका मुद्धाहरु रहेका छन् । जिल्ला अदालत पर्वतमा  श्रावण देखि कार्तिक मसान्त सम्म ६ वटा महिलासंग सम्बन्धित उजुरीहरु परेका छन् जबरजस्ती करणीका २ मुद्धा, घरेलु हिंसा ३ र मानबबेचबिखन १ रहेको छ । 

पर्वत जिल्लामा सिप सिक्ने महिलाको सख्या ४५५ जना छन र सो सिप सिकेर रोजगार पाएका तथा व्यवसाय गेरका महिला सख्या ८० जना माात्र रहेको तथ्याङ्कले देखाएको छ । महिलाहरुलाई अझै पनि सिपको पहुँच हुन नसेकेको र भएकाको पनि सोही अनुसार रोजगारमुखी बन्न सकेको देखिदैन ।

प्रत्येक वर्ष मार्च ८ तारीकका दिन अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउदै आइएको हो । जर्मनका क्लारा जेटकिनले सन् १९१० मा महिला दिवस मनाउने प्रस्ताव राखेपछि विश्वका महिला एक हौ भन्दै महिलाको आर्थिक , सामाजिक र राजनीतिक अधिकारका लागि विभिन्न कार्यक्रमको आयोजना हुदै आएको छ । त्यसपछि सन् १९११ देखि विश्वभर आठ मार्चमा महिला दिवस मनाउने क्रम निरन्तर रहेको छ । नेपालमा भने २०१७ सालमा मात्र पहिलोपल्ट महिला दिवस मनाईएको थियो । २०४६ को जनआन्दोलनपछि नेपालमा विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले यसलाई मनाउने क्रम शुरु गरे पनि पछिल्ला दिनमा आम नेपाली महिलाले अन्तराष्ट्रिय महिला दिवस मनाउने गरेका छन् । अन्तराष्ट्रिय महिला दिवसको अबसरमा आज नेपाल सरकारले महिला र पूरुष दुबैलाई सार्वजनिक विदा दिएको छ ।

अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले समान कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० देखि मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन