२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ कारागारका कैदीबन्दीका लागि पुस्तक

२०७३, २६ फाल्गुन बिहीबार ०६:५९

फागुन २६, खोटाङ । खोटाङको दिक्तेल इग्लिस बोर्डिङ स्कुलले जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक प्रदान गरेको छ । 

विसं २०४८ मा स्थापना भएको बोर्डिङ स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा जिल्ला कारागारका कैदीबन्दीका लागि रु २१ हजार बराबरको पुस्तक प्रदान गरेको हो । 

कारागार परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले कारागार शाखाका प्रमुख चित्राखर आचार्यलाई पुस्तक हस्तान्तरण गर्नुभयो । स्थापना भएको २५ वर्ष पुगेको अवसरमा विद्यालयले बुधबार ४६ थान पुस्तक हस्तान्तरण गरेको हो । 

कैदीबन्दीको ज्ञान र चेतना अभिवृद्धिका लागि कारागारलाई पुस्तक प्रदान गरिएको सञ्चालक समितिका अध्यक्ष नुरकाजी सैंजूले बताउनुभयो । स्कुलसँगै दिक्तेलस्थित सैंजू पुस्तक पसलले पनि कारागारलाई २४ थान पुस्तक हस्तान्तरण गरेको छ । 

गत सोमबारदेखि विभिन्न कार्यक्रम गर्दै रजत जयन्ती मनाउन सुरु गरेको स्कुलले जिल्ला अस्पताललाई १५ थान ब्ल्याङ्केट पनि प्रदान गरेको छ । रजत जयन्तीका विभिन्न कार्यक्रम गर्दै शनिबार समापन गर्ने कार्यक्रम रहेको रजत जयन्ती प्रचारप्रसार समितिका संयोजक धनकर्ण श्रेष्ठले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन