२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समस्यापूर्ण बन्दै खुम्जुङस्थित चोलापास

२६ फाल्गुन २०७३, बिहीबार ०७:२४

फागुन २६, सोलुखुम्बु । नेपालकै उत्कृष्टमध्येको पर्यटकीय क्षेत्र सोलुखुम्बुको खुम्जुङस्थित चोलापास पूर्वधार अभावमा जोखिमपूर्ण बन्दै गएको छ । 

बाह्रै महिना हिउँले ढाकिरहने यो पासमा एरो बोर्डसमेत नहुँदा विदेशीले बाटो भुलेर ज्यानसमेत गुमाउने गरेका छन् । धेरै पर्यटक पुग्ने र बर्सेनि पर्यटकको ज्यान लिने चोलापास पूर्वाधार अभावमा झन झन जोखिमपूर्ण बन्दै गएको हो । 

सोलुखुम्बुको प्रसिद्ध पर्यटकीयस्थल गोक्यो तालको भ्रमण पूरा गरी सगरमाथाको आधार शिविरतर्फ जाँदा पार गर्नुपर्ने चोलापास पूर्वाधार अभावमा जोखिमपूर्ण बन्दै गएको हो । समुद्र सतहबाट पाँच हजार ४२० मिटरको उचाइमा रहेको सोलुखुम्बुकै खतरनाक मानिने चोलापासमा राम्रो बाटोघाटो नभएका कारण दिनानुदिन जोखिमपूर्ण बन्दै गएको हो । 

बर्सेनि तापक्रम वृद्धिले भू–बनावट परिवर्तन भइरहँदा भएका बाटोघाटोको नाम–निशाना भेटिँदैन, ग्लेसियर पग्लिएर ठाउँ ठाउँमा पोखरी र खर्पस बन्न थालेपछि यस क्षेत्रको बाटो झन कठिन बनेको पर्यटन व्यवसायी मिङमार शेर्पाले बताउनुभयो । 

यसैका कारण चोलापास पार गर्ने क्रममा एक्लाएक्लै हिँड्ने कतिपय विदेशी नागरिक हराउने गरेका छन् । साहसिक पर्यटकीय पदमार्गको नामले समेत चिनिने चोलापासमा भएको बाटो हिउँले पुर्ने वा हिउँ पग्लेर चलायमान हुने हुँदा पर्यटक हराउने गरेका छन् । 

चोलापास पार गर्दा विभिन्न ठाउँमा भएका ढिस्का छल्दै हिँड्नुपर्दछ । बढी समय हिउँले ढाकिएको अप्ठ्यारो बाटो अन्दाजको भरमा हिँड्नु निकै चुनौतीपूर्ण हुन्छ । चोलापासमा मात्र होइन चोलापास पार गरिसकेपछि पनि अप्ठ्यारो बाटो काट्नुपर्ने भएकाले यो पासलाई खतरनाक मानिएको टे«किङ व्यवसायी राम बम्जन बताउनुहुन्छ । 

सगरमाथा आधार शिविर तथा कालापत्थरको यात्रा पार गरी गोक्यो ताललगायतका क्षेत्र हेर्न चाहनेले चोलापास गर्नैपर्छ वा गोक्यो क्षेत्रको भ्रमण सकेर आधार शिविर वा कालापत्थर जान चाहने हो भने पनि चोलापास पार गर्नैपर्छ । पर्यटकको समस्या समाधानका लागि ठाउँठाउँमा फलामको पोल गाडी डोरी टाँग्ने व्यवस्था मिलाउनुपर्ने टे«किङ व्यवसायीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान