2026-09-15 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोट बस दुर्घटना, मृतक २६ मध्ये २१ जनाको सनाखत


धिराज आर.सी./फागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २६ मध्ये २१ जनाको सनाखत भएको छ । 

सदरमुकामवाट साल्मा ५ खाराको लागि छुटेको ना ३ ख २२७९ नंम्वरको यात्रुबहाक बस भेरीमालिका नगरपालिका ४ बोहरा नजिक पासागाड खोलामा दुर्घटना ग्रस्त भएको थियो । ६२ जना यात्रु बोकेर छुटेको गाडिमा रहेका २६ जनाको मृत्यू भएको र ३६ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । अहिले सम्म २१ जनाको सनाखत भएको र ५ जनाको सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, सीमा–९ का मदन पुन, भेरीमालिका नगरपालिका–१० का सन्तोष राना, भेरीमालिका–११ का गोपाल सुनार, सोही ठाउँका सर्मिला सुनार, भेरिमालिका–४, का नविन चन्द र गणेश बोहरा, भेरीमालिका–३ का शान्ता सुनारको सनाखत भएको प्रहरीले जनाएको छ ।

यसैगरी दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा , भेरीमालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका–११ गोप्लो सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका–८ का चैते खत्री, जुंगाथापाचौर–५ का भरत विसी र गर्खाकोट–२ का हरिबहादुर शाहीको सनाखत भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए । मृतकमध्ये पाँच जनाको अझै सनाखत हुन सकेको छैन ।

बसमा यात्रुहरु खचाखच हालेर जथाभावी वस हुइक्याएका कारण बस दुर्घटना भएको घाइतेहरुले बताएका छन् । 

राती सेनाको हेलिकप्टरले घाईतेको उद्धार गरियो 

नेपाली सेनाको हेलिकप्टरवाट रुकुमको चौरजहारी विमानस्थलमा राती नै १७ जना विरामीको उद्धार गरि उपचारका लागि नेपालगन्ज लगिएको छ । २०७१ मंसिर ४ गते वस दर्घटना हुँदा ५२ जनाको मृत्यू भएको थियो ।

मुख्य सडक नै मापदण्ड अनुसार छैन 

छिन्चु जाजरकोट सडक खण्ड नै मापदण्ड अनुसार नरहेको पाईएको छ । डवल लेनको सडक  नभएका कारण यातायाका साधनहरु हिड्न नमिल्ने साँघुरो सडक रहेको छ । सडकको कालोपत्रेसमेत ठाउँ ठाउँमा भत्किएर दुर्घटनको जोखिम रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ