२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा ६० जना एचआइभी सङ्क्रमित

२७ फाल्गुन २०७३, शुक्रबार १०:०७

फागुन २७, रुकुम । रुकुम जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । 

जिल्लामा ३३ जना पुरुष र २७ जना महिला गरेर जम्मा ६० जना सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा पछिल्लो समय जनचेतनाको विकास सँगै एचआइभी सङ्क्रमितहरु समाजमा खुल्न थालेका छन् । उनीहरुले यहाँ “दिगो विकासको लागि सहकार्य नेपाल” नामको एक संस्था खोलेरै आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । 

समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोण भने अझै परिवर्तन नभएको पीडितको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ३६ जना एचआइभी सङ्क्रमितले खुलेर औषधि सेवन गरिरहेका छन् । बाँकी २३ जनाको अवस्थाका बारेमा भने आफूहरुलाई जानकारी नभएको कार्यालय प्रमुख डा. राजेन्द्र जिसीले बताउनुभयो । 

दुई जना सङ्क्रमित जिल्ला बाहिर रहेको बताइन्छ । संस्थाको तथ्याङ्क अनुसार जिल्लाको मुरु गाविसमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित रहेका छन् । यहाँ पुरुष ७ जना र महिला ३ जना गरेर १० जना सङ्क्रमित छन् । उनीहरुले भने औषधि उपचारमा समस्या हुँदै आएको दुखेसो पोख्ने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला