पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण पूर्ण रुपमा प्रभावित बनेको छ । महोत्सव शुरु भए लगत्तै परिर्वतन भएको मौसम झरीमय बनेपछि महोत्सव पूर्ण रुपले प्रभावित बनेको हो । आज दिनभरी हुने भनिएका कुनै पनि कार्यक्रम हुन स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण पूर्ण रुपमा प्रभावित बनेको छ । महोत्सव शुरु भए लगत्तै परिर्वतन भएको मौसम झरीमय बनेपछि महोत्सव पूर्ण रुपले प्रभावित बनेको हो । आज दिनभरी हुने भनिएका कुनै पनि कार्यक्रम हुन स"/>
२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

कृषक खुसि हुदाँ महिला महोत्सव आयोजकका आँखामा आशु

२०७३, २७ फाल्गुन शुक्रबार १०:४६

पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण पूर्ण रुपमा प्रभावित बनेको छ । महोत्सव शुरु भए लगत्तै परिर्वतन भएको मौसम झरीमय बनेपछि महोत्सव पूर्ण रुपले प्रभावित बनेको हो । आज दिनभरी हुने भनिएका कुनै पनि कार्यक्रम हुन सकेनन् । 

दिनभरि हल्लाका बर्षा भएपछि महोत्सव परिसरमा आज सुनसान बनेको छ । मौसममा परिर्वतन नभएसम्म महोत्सवमा सन्नाटा छाउने देखिएको  छ । आज दिनभरी हुने भनिएका कार्यक्रम स्थकित गरिएको आयोजकले जनाएको छ । मौसम खराबीका कारण महिला भलिबल, रत्यौली, भजन, नृत्य लगायतका प्रतियोगिता हुन नसकेनन् । महोत्सवको दोस्रो दिनदेखि मौसममा आएको परिर्वतनले प्रभावित भएको महोत्सव चौथो दिनमा पूर्ण रुपमा प्रभावित बनेको छ । जसले ठूलो रुपमा आर्थिक घाटा भएको आयोजकले बताएको छ । मौसम सफा भए भोली र पर्सि सार्वजानिक विदाको दिनमा दर्शकको चाप पढ्ने आयोजकले विश्वास लिएको छ ।


बर्षासँगै चिसो बढ्यो 

तीन दिनदेखि मौसममा आएको परिर्वतन र आज दिनभरीको झरीका कारण पर्वतमा हल्का चिसो बढेको छ ।बर्षाका कारण कुश्मा बजारमा चलहलपहल ठप्प थियो भने आज सरकारी कार्यालयमा पनि सेवाग्राहीको खासै आगमन देखिएन । मौसममा आएको परिर्वतनका कारण बजार सुनसान थियो । 

यता बाग्लुङको ढोरपाटन क्षेत्रमा हिउँ परेको छ । यस बर्ष उक्त क्षेत्रमा पाँच पटक सम्म हिउँ परेको हो । हिउँ परेपछि जनजिवन निकै कष्टकर बनेको छ भने गाइबस्तुलाई समेत चरनको लागि समस्या पैदा भएको छ । ढोरपाटन क्षेत्रमा १ फिट सम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

बर्षा पछि कृषक हर्षित

बर्षा भएसँगै कृषकहरु हर्षित बनेका छन् । हिउँदे बाली गहुँ, मकै, आलु, तोरी , केराउ लगायतका बालीलाई सिचाइ भएको भन्दै कृषक खुसि भएका हुन् । हिउँको समयमा सिचाइको अभाव हुने र बर्षाको भरमा सिचाइ गर्नुपर्ने कृषकहरु भने यतिबेला हर्षित मुद्रामा देखिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन