पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण पूर्ण रुपमा प्रभावित बनेको छ । महोत्सव शुरु भए लगत्तै परिर्वतन भएको मौसम झरीमय बनेपछि महोत्सव पूर्ण रुपले प्रभावित बनेको हो । आज दिनभरी हुने भनिएका कुनै पनि कार्यक्रम हुन स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण पूर्ण रुपमा प्रभावित बनेको छ । महोत्सव शुरु भए लगत्तै परिर्वतन भएको मौसम झरीमय बनेपछि महोत्सव पूर्ण रुपले प्रभावित बनेको हो । आज दिनभरी हुने भनिएका कुनै पनि कार्यक्रम हुन स"/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

कृषक खुसि हुदाँ महिला महोत्सव आयोजकका आँखामा आशु

२७ फाल्गुन २०७३, शुक्रबार १०:४६

पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण पूर्ण रुपमा प्रभावित बनेको छ । महोत्सव शुरु भए लगत्तै परिर्वतन भएको मौसम झरीमय बनेपछि महोत्सव पूर्ण रुपले प्रभावित बनेको हो । आज दिनभरी हुने भनिएका कुनै पनि कार्यक्रम हुन सकेनन् । 

दिनभरि हल्लाका बर्षा भएपछि महोत्सव परिसरमा आज सुनसान बनेको छ । मौसममा परिर्वतन नभएसम्म महोत्सवमा सन्नाटा छाउने देखिएको  छ । आज दिनभरी हुने भनिएका कार्यक्रम स्थकित गरिएको आयोजकले जनाएको छ । मौसम खराबीका कारण महिला भलिबल, रत्यौली, भजन, नृत्य लगायतका प्रतियोगिता हुन नसकेनन् । महोत्सवको दोस्रो दिनदेखि मौसममा आएको परिर्वतनले प्रभावित भएको महोत्सव चौथो दिनमा पूर्ण रुपमा प्रभावित बनेको छ । जसले ठूलो रुपमा आर्थिक घाटा भएको आयोजकले बताएको छ । मौसम सफा भए भोली र पर्सि सार्वजानिक विदाको दिनमा दर्शकको चाप पढ्ने आयोजकले विश्वास लिएको छ ।


बर्षासँगै चिसो बढ्यो 

तीन दिनदेखि मौसममा आएको परिर्वतन र आज दिनभरीको झरीका कारण पर्वतमा हल्का चिसो बढेको छ ।बर्षाका कारण कुश्मा बजारमा चलहलपहल ठप्प थियो भने आज सरकारी कार्यालयमा पनि सेवाग्राहीको खासै आगमन देखिएन । मौसममा आएको परिर्वतनका कारण बजार सुनसान थियो । 

यता बाग्लुङको ढोरपाटन क्षेत्रमा हिउँ परेको छ । यस बर्ष उक्त क्षेत्रमा पाँच पटक सम्म हिउँ परेको हो । हिउँ परेपछि जनजिवन निकै कष्टकर बनेको छ भने गाइबस्तुलाई समेत चरनको लागि समस्या पैदा भएको छ । ढोरपाटन क्षेत्रमा १ फिट सम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

बर्षा पछि कृषक हर्षित

बर्षा भएसँगै कृषकहरु हर्षित बनेका छन् । हिउँदे बाली गहुँ, मकै, आलु, तोरी , केराउ लगायतका बालीलाई सिचाइ भएको भन्दै कृषक खुसि भएका हुन् । हिउँको समयमा सिचाइको अभाव हुने र बर्षाको भरमा सिचाइ गर्नुपर्ने कृषकहरु भने यतिबेला हर्षित मुद्रामा देखिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट