Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हुम्लामा भारी हिमपात, जिल्लाका अधिकांश गाविस सम्पर्क विहिन

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

रेशम राज रोकाया/फागुन २८, हुम्ला । हुम्लाका अधिकांश उत्तरी भागमा गएको ३ दिनदेखी हिमपात भईरहेको छ ।

हिमपातले गर्दा यहाँका वासिन्दाको जनजीवन अस्तव्यस्ता भएको छ । जाडोको कारणले घरबाट बाहिर निस्कन समेत मुस्किल भएको छ भने तापक्रम माईनस १२ डिग्री सम्म पुगेको छ । यो वर्षकै अत्याधिक रहेको यो हिमपातले काम विशेषले एक गाउँबाट अर्को गाउँ जान समेत कठिन बनाएको छ । पशुवस्तु समेत घरबाट बाहिर निकाल्न समस्या भएको छ ।

लगातारको हिमपातले अहिले सिमिकोटमा १ फिट ४ ईन्च हिउँ जमेको छ ।

सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका छन् भने विद्यालय पूर्ण रुपमा बन्द भएका छन् । उता सिमिकोटमा रहेको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत सप्लाई हुन नसक्दा हिमपातले झन् सास्ती बनाएको छ । विद्युतको आपूर्ती बन्द हुँदा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा प्रभावित भएकोले एक आपसमा सम्पर्क गर्नको लागि समस्या हुँदा हुम्लाका उत्तरी र दक्षिणी गाउँ विकास समिति सम्पर्क विच्छेद भएका छन् ।

हिमपातले जिल्लाको कुन ठाउँमा के कस्तो खालको क्षती भयो भन्ने समेत थाहा हुन सकेको छैन । दिउँसो घाम नलाग्नाले र अत्याधिक चिसोको कारणले वृद्धा र बालबालिकालाई स्वास्थ्यमा समस्या परेको पाईएको छ । यहाँ सञ्चालित स्थानिय सञ्चारका माध्यम पूरै बन्द भएका छन् भने ईन्टरनेट सुविधा नहुँदा जिल्ला प्रशासन कार्यलयले नागरिकता समेत वितरण गर्न सकिरहको छैन ।

हिमपातले भने हुम्लाका किसान खुसी भएका छन् । रोडिकोट १ का कल्पना रोकायाले यो पटकको हिमपातलाई पशुवस्तुलाई हानी गर्ने भएको भएता पनि मंसिरमा छरेको जौ र गौं बालीलाई यो हिमपातले सिचाई गर्ने बताए । जिल्लाका अधिकाँश भेगमा सिँचाई विना नै खेती हुने गरिएकोले यो हिमपात पछि बालीनालीलाई राम्रो हुने समेत उहाँले तर्क गर्नु भयो ।

हिमपात अहिले पनि भईरहेको भएता पनि जिल्लाको एक मात्र भरपर्दो हवाई धावन मार्ग नागरिक तथा उड्डयन कार्यालयको गाडीले हिउँ सफा गर्दा आज मात्र तारा ईयरले १ र सिता ईयरले २ उडान भर्दा हुम्लाबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुलाई सहज भएको थियो ।

३ दिन देखी नेपालगञ्ज र सुर्खेतमा हुम्लाका लागि टिकट लिई आज हुम्ला विमानस्तलमा अवतरण गर्न पाउँदा यात्रुमा हर्ष छाएको थियो । आजै मात्रै लोकसेवा आयोगले सुब्बाको लागि लिईने लिखित परीक्षा पनि राम्रोसँग लेख्न नसकिएको परीक्षार्थीले बताए । चिसोको कारणले हातले कलम नै समात्न नसकिँदा प्रश्नको उत्तर लेख्न नसकिएको परीक्षार्थीले बताए । त्यसै गरी आउँदो चैत्र ३ गतेबाट सञ्चालन हुन लागि रहको एस्. ई. ई. परीक्षाको तयारी पनि हिमपताले प्रभावित बनाएको छ ।

जिल्लाका दक्षिणी भेगका ४ ओटा केन्द्रहरु रोडिकोट, सर्केगाढ, मदाना र श्रीनगर केन्द्रका केन्द्राध्यक्षले सिमिकोबाट प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याउनको लागि हैरानी भएको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले बताउनु भयो । लगातारको हिमपातले प्रश्नपत्र र उत्तरपुस्तिका भिज्न सक्ने अनि हिमपहिरो आउन सक्ने भएकोले सो क्षेत्रका केन्द्राध्यक्षलाई सजग भई प्रश्न पत्र लैजान अनुरोध गरिएको जिशिअले बताए ।

सिमिकोट लगायत पूरै जिल्लामा अझै ३ दिन सम्म लगातार हिमपात हुन सक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ भने उत्तरी चिन सिमानाको रहेको मुचु र लिमी गाविस सम्पर्क  विहिन भएको छ । त्यस क्षेत्रमा खटाईएको प्रहरी चौकी गत मंसिरमा नै सिमिकोटमा काजमा खटाईएको करण त्यस क्षेत्रका वासिन्दा अनि गाउँ नै सम्पर्क विहिन भएको छ ।