२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

‘एक घर-एक रुपैंया’ अभियानबाट दुर्गममा स्वास्थ्य सेवा

२०७२, १३ चैत्र शनिबार ०८:२१

नरी बडु/ चैत्र १३ बैतडी ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा company_fixed_deposits_rl2guतिब्र प्रगति गरीरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले ‘एक घर एक रुपैंया’ अभियानबाट दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सुधार्ने अभियान सुरु गरेको छ ।

विनिमय नहुदा १ रुपैंयाको प्रयोगमै आउन छाडेको यस समयमा स्वास्थ्य कार्यालयले प्रत्येक घरबाट दैनिक एक रुपैंया जम्मा गरेर वार्षिक पौने २ करोड संकलन गर्ने योजना बनाएको हो ।

सरकारी स्रोतले सेवा पर्याप्त नभएपछि यो अभियान थाल्ने योजना बनाएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।
सुरक्षित सुत्केरी सेवा, खोप लगायत आधारभूत सेवा प्रवाहलाई गाँउ–गाउसम्म संचालन गर्न सकिने कार्यालयको दाबी छ ।

गाँउका महिला स्वास्थ्य स्वयंसेविका मार्फत स्वास्थ्य चौकीका लागि मासिक रुपमा रकम संकलन गरिनेछ । स्थानीय स्वास्थ्य संस्था ब्यवस्थापन समितिले उक्त बजेट परिचालन गर्नेछन् । उक्त रकम जनशक्ति आपुर्ति सुत्केरी र खोप सेवा, औषधी उपकरण लगायत अत्यावश्यक क्षेत्रमा खर्च गरिनेछ ।

‘फजूल खर्च घटाएर दैनिक एक रुपैंया बचत गर्दा स्वास्थ्थ्य सेवाको गुणस्तर सुधार्न सकिनेछ अवस्था छ ।’ अवस्थीले भने, ‘केही गाउमा महिनामा ४० हजारसम्म संकलन गर्न सक्ने सम्भावना छ ।’

अहिले जिल्लामा ४५ हजार १ सय ९१ घरधुरी छन् । हरेक घरबाट दैनिक १ रुपैंयाका दरले महिनामा साढे १३ लाख संकलन गर्ने योजना छ । उक्त रकम गाउकै स्वास्थ्य सेवा सुधारमा खर्चिनेछ । यसका लागि जिल्ला र गाउमा छलफल सुरु भईरहेको कार्यालयले जानकारी दिएको छ ।

नगद तिर्न नसक्नेबाट खाद्यान्न र अन्य बस्तु दानको रुपमा लिने र अति विपन्न परिवारलाई छुट गरेर निःशुल्क सेवा दिने योजना छ । स्वास्थ्य कार्यालयले जिल्ला बाहिर बस्दै आएकालाई पनि अभियानमा सघाउन आग्रह गरेको छ ।

५६ गाविस र दुई नगरपालिकामा ६८ स्वास्थ्य संस्था छन् । धेरैजसो गाविसमा स्वाथ्य चौकीहरु अपायक छन् ।

भौगोलिक कठिनाईले ३÷४ घण्टा हिडेर पुग्न नसकिने अवस्था भएकाले बिरामीले समस्या भोग्दै आएको स्वास्थ्यकर्मी ले बताएका छन् । गाविसमा एक मात्र स्वास्थ्य संस्था हुदा सजिलै सेवा प्रवाहमा कठिनाई भएपछि यो अभियान मार्फत संस्था र जनशक्ति बढाएर सेवा प्रवाह सहज बनाउन खोजिएको हो ।

अन्य विकासका क्षेत्रमा पनि यस्तो अभियान थालिनुपर्ने सरोकारवालाहरुको धारणा छ । उक्त अभियान बारे जिल्ला स्तरमा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विकासका लागि गाउबाटै प्रयास गरिनुपर्ने बताए ।

अधिकारीका अनुसार डक्टर अवस्थीको नेतृत्वमा जिल्ला स्वास्थ्यले थालेको ‘एक घर एक रुपैंया’ संकलन अभियानले सानो बचतबाट पनि ठुलो काम गर्न सकिन्छ भन्ने सन्देश पनि दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु