४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

‘एक घर-एक रुपैंया’ अभियानबाट दुर्गममा स्वास्थ्य सेवा

१३ चैत्र २०७२, शनिबार ०८:२१

नरी बडु/ चैत्र १३ बैतडी ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा company_fixed_deposits_rl2guतिब्र प्रगति गरीरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले ‘एक घर एक रुपैंया’ अभियानबाट दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सुधार्ने अभियान सुरु गरेको छ ।

विनिमय नहुदा १ रुपैंयाको प्रयोगमै आउन छाडेको यस समयमा स्वास्थ्य कार्यालयले प्रत्येक घरबाट दैनिक एक रुपैंया जम्मा गरेर वार्षिक पौने २ करोड संकलन गर्ने योजना बनाएको हो ।

सरकारी स्रोतले सेवा पर्याप्त नभएपछि यो अभियान थाल्ने योजना बनाएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।
सुरक्षित सुत्केरी सेवा, खोप लगायत आधारभूत सेवा प्रवाहलाई गाँउ–गाउसम्म संचालन गर्न सकिने कार्यालयको दाबी छ ।

गाँउका महिला स्वास्थ्य स्वयंसेविका मार्फत स्वास्थ्य चौकीका लागि मासिक रुपमा रकम संकलन गरिनेछ । स्थानीय स्वास्थ्य संस्था ब्यवस्थापन समितिले उक्त बजेट परिचालन गर्नेछन् । उक्त रकम जनशक्ति आपुर्ति सुत्केरी र खोप सेवा, औषधी उपकरण लगायत अत्यावश्यक क्षेत्रमा खर्च गरिनेछ ।

‘फजूल खर्च घटाएर दैनिक एक रुपैंया बचत गर्दा स्वास्थ्थ्य सेवाको गुणस्तर सुधार्न सकिनेछ अवस्था छ ।’ अवस्थीले भने, ‘केही गाउमा महिनामा ४० हजारसम्म संकलन गर्न सक्ने सम्भावना छ ।’

अहिले जिल्लामा ४५ हजार १ सय ९१ घरधुरी छन् । हरेक घरबाट दैनिक १ रुपैंयाका दरले महिनामा साढे १३ लाख संकलन गर्ने योजना छ । उक्त रकम गाउकै स्वास्थ्य सेवा सुधारमा खर्चिनेछ । यसका लागि जिल्ला र गाउमा छलफल सुरु भईरहेको कार्यालयले जानकारी दिएको छ ।

नगद तिर्न नसक्नेबाट खाद्यान्न र अन्य बस्तु दानको रुपमा लिने र अति विपन्न परिवारलाई छुट गरेर निःशुल्क सेवा दिने योजना छ । स्वास्थ्य कार्यालयले जिल्ला बाहिर बस्दै आएकालाई पनि अभियानमा सघाउन आग्रह गरेको छ ।

५६ गाविस र दुई नगरपालिकामा ६८ स्वास्थ्य संस्था छन् । धेरैजसो गाविसमा स्वाथ्य चौकीहरु अपायक छन् ।

भौगोलिक कठिनाईले ३÷४ घण्टा हिडेर पुग्न नसकिने अवस्था भएकाले बिरामीले समस्या भोग्दै आएको स्वास्थ्यकर्मी ले बताएका छन् । गाविसमा एक मात्र स्वास्थ्य संस्था हुदा सजिलै सेवा प्रवाहमा कठिनाई भएपछि यो अभियान मार्फत संस्था र जनशक्ति बढाएर सेवा प्रवाह सहज बनाउन खोजिएको हो ।

अन्य विकासका क्षेत्रमा पनि यस्तो अभियान थालिनुपर्ने सरोकारवालाहरुको धारणा छ । उक्त अभियान बारे जिल्ला स्तरमा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विकासका लागि गाउबाटै प्रयास गरिनुपर्ने बताए ।

अधिकारीका अनुसार डक्टर अवस्थीको नेतृत्वमा जिल्ला स्वास्थ्यले थालेको ‘एक घर एक रुपैंया’ संकलन अभियानले सानो बचतबाट पनि ठुलो काम गर्न सकिन्छ भन्ने सन्देश पनि दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ