२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यातायात व्यवसायीले मनोमानी दोब्बर चौब्बर भाडा असुल्दै

२०७२, ८ मंसिर मंगलवार ०७:०५

करन ताम्राकार, मंंसीर ८, डडेल्धुरा । डडेल्धुराबाट संचालन हुदै आएका सार्वजनिक यातायातका सवारी साधनले मनोमानी रुपमा चर्काे दोब्बर र चौबर भाडा असुल्दै आएका छन् ।

भारतले लगाएको अघोषित नाका बन्दीले गर्दा सुदूरपश्चिमका जिल्ला लगायत डडेल्धुरा जिल्लामा ईन्धन अभावका कारण डडेल्धुरा जिल्लाबाट संचालन हुदै आएका लामो र छोटो दूरीक सवारी साधनहरुले मोमानी रुपमा भाडा दर रेट भन्दा दुई गुण देखि चार गुण सम्म भाडा असुल्दै आएका यात्रु हरुको भनाई छ ।

नेपाली हरुको दास्रो ठूलो चाड दीपावली सकिए पछि गन्तव्य स्थानमा पुन्ने यात्रुहरुले तोकीएको भाडा भन्दा चार गुण बढी तिर्नुु पर्ेको अमरगढी नगरपालिका ,७ तिलाडीकी ईन्दिरा ताम्राकारले बताईन् उनले भनिन्न डडेल्धुरा सदरमुकाम बाट ८० रुपैयाँ भाडा रहेको कोराल खोला सम्मको प्रति व्यक्ति ४ सय तिर्नु परेको बताईन ।

उनले भनिन् गडीबालले डिजेल प्रति लिटर २ सयको दरले किन्नु परेकाले चार सय लिएको बताउँदै आएको त्यसैले चार गुणा बढी भाडा तिर्नुु पर्ने बाध्यता रहेको उनले बताईन् ।

यस्तै डडेल्धुरा जिल्लाबाट तीन सय भाडा लाग्ने जोगबुढा क्षेत्रको १ हजार तिरेर सदरमुकाम आईएको जोगबुढाका टिका भाटले बताए । तर यता डडेल्धुराबाट २ सय ओटा गाढी संचालन गर्दै ,आहिरहेको उग्रतारा सार्वजनिक यातायात ब्यवसायी समितिले भने तोकिएको भाडा भन्दा बढी रकम असुल्ने सवारी साधनलाई निगरानीमा राखिएको र सावारी साधनले तोकीएको भाडा भन्दा बढी भाडा नलिएको दाबी गर्दछन् । कसै सवारी साधनले बढी भाडा लिएको खण्डमा कारर्वाहि गरिने बताउदै आएको छ ।

यस्तै यात्रुहरुको मार्कालाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय डडेल्धुरले टा«फिक प्रहरीलाई खटाएको छ । बढी भालिने सवारी साधनलाई चेक जाँच गरि कारवाहि गर्न जिम्मा पाएको डडेल्धराले ट्राफिक प्रहरीले यात्रुको भाडा समेत आफ्नो निगरानीमा राखि टिकट काट्ने गर्दै आएका छन् ।

तर पनि सावरी साधनमा बढ्रदै गएको मनोमानी भाडा भने नियन्त्रण नआएको यात्रुहरुको गुनासो छ । प्रहरी र व्यवसायीहरुको आँखा छल्दै सवारीसाधनले मनपरी भाडा असुल्दै आएका छन् । तर प्रशासनले सक्रियता नदेखाएका कारणले सर्वसधारणले मार्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा