२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनुमती बिना अस्पताल हता भित्रका चार हरियो लहरे पीपल काटिएको खुलासा

११ मंसिर २०७२, शुक्रबार ११:५२

करन ताम्राकार/मङ्सिर ११, डडेल्धुरा । सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा हता भित्र रहेका चार रुख हरिया लहरे पीपल अनुमती बिना काटिएको खुलासा भएको छ ।

जिल्ला वन कार्यालय डडेल्धुरालाई रुख छेकान सम्बन्धमा भनि गत आर्थिक बर्ष २०७१ माघ ११ गते पत्र पठाएको थियो तर अस्पताल हता भित्र रहेका लहरे पीपल अस्पतालमा सेवा लिन आउने बिरामीका लागि बस्नका लागि राम्रो हुने भनेपछि रुख छेकानको अनुमति नपाएपछि काम स्थगित भएको एक कर्मचारीले जानकारी दिए ।

 उपक्षेत्री अस्पताल डडेल्धुराको कम्पाउण्डमा रहेका लहरे पीपल काट्दै गरेको तस्बीर: करन ताम्राकार, डडेल्धुरा ।

उपक्षेत्री अस्पताल डडेल्धुराको कम्पाउण्डमा रहेका लहरे पीपल काट्दै गरेको तस्बीर: करन ताम्राकार, डडेल्धुरा ।

रुख काट्ने अनुमती नपाएपछि आर्थिक बर्ष २०७१/०७२ उक्त पीपलको चौतारो निमार्ण गर्न असार मसान्तमा १० लाखको लागतमा निर्माण गरिएको चौतारा समेत भत्काईएको छ । निर्माण गरिएको ६ महिनाको अवधिमै १० लाखमा निर्माण गरेको चौतारा र लहेर पीपल काटिएका पछि दैनिक जस्तो सयौ संख्यामा सेवा लिन आउने बिरामी समेत लाई अफ्ठ्यारो परेको छ ।

अस्पतालका नयाँ व्यवस्थापन समितका अध्यक्षको निर्देश्नमा चार ओटा रुख काटिएको स्रोतले जनाएको छ । भखरै मन्त्री परिषदबाट नियुक्ती पाएका अध्यक्ष लक्ष्मण सिहंको निर्देश्नमा कुनै निर्णय नै नगरि ठाडो निर्देश्नमा रुख काटिएको हो ।

अस्पताल व्यवस्थपन भन्दा पनि अस्पतालमा बनेका संरचना तथा काठ काटनी गरि मेटो रकम कुल्याउन लागेका समेत कर्मचारीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य