दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक "/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिला शसक्तिकरणका लागि आवाजले ल्यायो ३ बर्षे कार्ययोजना

२०७३, १७ चैत्र बिहीबार १७:०५

दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक योजनाहरु प्रस्तुत गरेको छ । विगत ३ बर्ष देखि कालिकोट जिल्लाको सदरमुकाम मान्म देखि १७ कोष टाढा पर्ने थिर्पू राम्नाकोटमा काम गर्दै आइरहेको आवाज संस्थाले त्यहाँ रहेका महिलाहरुको चेतना स्तर बृद्धि गरी उनीहरुलाई राज्यको हरेक निकायमा अर्थपूर्ण प्रतिनीधित्व गराउन ३ बर्षे रणनैतिक योजना प्रस्तुत गरेको हो ।

आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीको संयोजकत्वमा जिल्ला सदरमुकाम मान्म खाडाचक्रममा आयोजित जिल्ला स्तरीय सरोकारवाला संग जानकारी तथा समन्वय कार्यक्रममा संयोजक शाहीले महिलाहकको सवालमा आवाज संस्थाले हालसम्म गरेका कामहरुको प्रगति तथा कालिकोटमा अब को ३ बर्षमा गर्ने काम र अनुमानित उपलब्धीहरुका बारेमा प्रकाश पर्नु भएको छ । प्रस्तुत कार्यक्रम प्रति सुझाब दिदै कार्यक्रमका प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले अहिलेको एक्काइसौं सताब्दीमा पनि ग्रामिण भेगका अधिकांश महिलाहरु घरेलु हिंसामा रहेका घटनाहरु दिनप्रतिदिन सुनिन आएकाले यसको निराकरण गरी राज्यले ब्यवस्था गरेको महिलाहरुको आत्मनिर्णयको अधिकार प्रत्याभूती गराउन आवाज संस्थाले पुलको काम गर्ने विश्वास ब्यक्त गर्नु भएको छ । यस्तै कार्यक्रमका विशेष अथिति एवं नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले समाजमा अहिलेपनि जगेडिएर रहेको छाउपडी पर्था अन्त्य गर्न नजिकिदै गरेको स्थानीय निकायको निर्वाचनमा उठ्न चाहने उम्मेदवारलाई उम्मेदवार उठ्नु भन्दा पहिला आफ्नो घरमा छाउपडि पर्था अन्त्य गर्छु भन्ने प्रतिवद्धता गराएर मात्र आफ्नो पार्टीलाई उम्मेदवारी स्वीकृत गराउन अनुरोध गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले महिला अधिकार सुनिश्चितताको लागि कुनै एउटा निकायको प्रयासले सफल नहुने भएकाले यसका लागि सबै सरोकारवाला निकाय एक भएर लाग्नु पर्ने बताउनु भएको छ । यसका लागि आवाज संस्थाले जिल्लाका सबै निकाय संग सहकार्य गर्न सुझाब दिनु भएको छ । कार्यक्रममा मानव अधिकारका अगुवा दमराज बम लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका छन् । कार्यक्रममा विशेषगरी महिला प्रतिको भेदभाव, खानपिनमा विशेष ध्यान, शिक्षामा बालिका तथा किशोरीहरुको पहुँचमा निरन्तरता, स्थानीय निकायमा अर्थपूर्ण सहभागीता, स्थानीय रैथानेवालीको संरक्षण तथा करेशावारीको विकास जस्ता विभिन्न कृयाकलाप गर्ने आवाज संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई