चैत २०, काठमाडौँ । रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको रहस्यमय मृत्यु भएको बिरोधमा मृतकका आफन्तलहरुले अहिले गोंगबु क्षेत्रमा सडक अबरुद्ध गर्दै प्रदशन गरेका छन् ।
दोषी उपर कडा कानुनी कारवाहीको माग गर्दै सयौंको संख्यामा रहेमा सवसाधारणहरु स्वफुर्त आन्दोलनमा उत्रेका छन् ।
उनीहरुले बिहान ११ बजेदेखि २ घन्टासम्म सडकमा बिरोध प्रदशन गर्नाले सो क्षेत्रको सवारी आवागमनमा समस्या आएको थियो । आहिले सो क्षेत्रमा सवारी आवागमन सामान्य बनेको प्रहरीले जनाएको छ । उनीहरुले विद्यार्थीको हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ ।
घटनाको अनुसन्धानका लागि महानगर प्रहरीले महानगरिय अपराध महाशाखाको एसपी श्याम ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यिय छानबिन समिती गठन गरेको थियो । समितीलाई सात दिनको समय दिईएको छ। समितीमा काठमाडौं प्रहरी परिसरका डीएसपी रिद्धिबिक्रम शाह लगायत दुई इन्स्पेक्टर र एकजना सई पनि छन् ।