चैत २०, काठमाडौँ । मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २०, काठमाडौँ । मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ । "/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन चोरीमा संलग्न प्रहरीसहित छ जना पक्राउ

२०७३, २० चैत्र आईतवार १२:५५


चैत २०, काठमाडौँ । मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ । 

घटनामा संलग्न छ जनालाई पक्राउ गरी आज महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । तीन जना अझै फरार रहेका महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 

महानगरीय प्रहरीवृत्त लैनचौरमा कार्यरत प्रहरी जवान अजय गुरुङ पक्राउ परेका छन् भने सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार बलबहादुर मगर र प्रहरी जवान नवीन ढकाल भने फरार रहेका छन् । 

मरुहिटीमा प्रेमरत्न शाक्यको पाँचतले घरको पहिलो तलामा भारत घर भएका शिव माइटीले सञ्चालन गरेको सुनका गरगहना बनाउने कारखानाबाट शुक्रबार आठ जनाको सङ्ख्यामा आएका लुटेरा समूहले आफूहरु प्रहरी भएको र पसलमा अवैध सुनको कारोबार भइरहेको सूचना आएको भन्दै धम्की दिई लुटपाट गरेका थिए । 

कारखानामा कार्यरत छ जना कामदारलाई नियन्त्रणमा लिई कारखानामा गहना बनाउन ल्याइएको विभिन्न सुनका गरगहना ६४ तोला, नगद रु १३ हजार र मोबाइल चार थानसमेत लुटपाट गरेका थिए । 

महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट शनिबार पक्राउ गरी डाका मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ । प्रहरीले काभ्रे घर भई ठमेलमा बस्दै आएका सुवास खरेल, धादिङ घर भई बालाजुमा बस्दै आएका सवारी चालक राजकुमार तामाङ, काभ्रे घर भई राजधानीमा डान्सबारमा काम गर्ने देव तामाङ भन्ने सुन्दर तामाङ, डान्सबारमा बाउन्सरको काम गर्ने ललितपुर बालकुमारी बस्ने पाल्देन भन्ने क्षितिज तामाङ र लाप्साङ लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न धादिङ छत्रेदेउराली घर भई सीतापाइला बस्ने हर्कबहादुर तामाङ भने फरार रहेका छन् । 

लुटपाट गर्दा छ जना सँगै गएका थिए भने अन्य दुई जना तल ढोकामा मान्छे हेर्न बसेको प्रहरीले जनाएको छ । सुन लुटपाट गर्ने स्थानमा लुटपाट गर्न जाने सबैले लुटपाट गरेको सामान आ–आफ्नो गोजीमा राखेका थिए । घटनापश्चात् सामान लिएर सबै जना सोह्रखुट्टेस्थित बन्दै गरेको भवनमा गई आफूले लगेको सामान निकाली रुमालमा पोको पारी देव भन्ने सुन्दर तामाङलाई राख्न दिएका थिए । 

शनिबार दिउँसो सामान बिक्री गर्न भनी योजना बनाउँदै गरेका अवस्थामा सोह्रखुट्टेस्थित एक चिया पसलबाट प्रहरीले पक्राउ गरेको महाशाखाका प्रमुख अमात्यले जानकारी दिनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु