२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता शुभारम्भ

२०७३, २२ चैत्र मंगलवार ०४:३८

चैत २२, पोखरा | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघि गएको भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेबाट शुभारम्भ गरेको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख प्रा डा गोविन्द पोखरेलले सोमबार एक कार्यक्रमका बीच सो ठाउँका लाभग्राही वरे विकलाई चेक र सम्झौतापत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 

लुम्लेका ५० जना लाभग्राहीले रु ५० हजारको पहिलो किस्ता प्राप्त गरेका छन् भने बाँकी १११ जना लाभग्राही पनि पहिलो किस्ता पाउने प्रक्रियामा छन् । त्यस्तै पहिलो किस्ता पाउनेमा घान्द्रुकका ६५ र नामार्जुङका २४ जना परेका छन् भने अन्य ठाउँका लाभग्राही प्रक्रियामा भएको बताइएको छ । 

भूकम्पबाट कम प्रभावित कास्कीलगायत खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु, अर्घाखाँची, बागलुङ, भोजपुर, धनकुटा, गुल्मी र तनहुँका १५ हजार ७४३ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार वितरण गर्न स्वीकृत भइसकेको भूकम्पकीय आवास पुनःनिर्माण आयोजनाका उपनिर्देशक नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका अधिकांश लाभग्राहीले अनुदान सम्झौता गरी अनुदानको पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो र तेस्रो किस्ता लिने प्रक्रियामा रहेका छन् । 

लाभग्राहीले पहिलो किस्ता लिएपछि भूकम्प प्रतिरोधी घरको जग बनाउने र प्राविधिकको सिफारिसपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार र तेस्रो किस्ताबापतको रु एक लाख पाउने छन् । 

लाभग्राहीलाई पहिलो किस्ता वितरणपछि बोल्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख प्रा डा पोखरेलले ढिलै भए पनि भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीलाई पहिलो किस्ता वितरण गर्न सुरु गरिएको बताउँदै यो सुविधा पाउने झन्डै एक लाख १५ हजार रहेको जानकारी गराउनुभयो । 

उहाँले कमसल खालका घर बनाउँदा भूकम्पबाट ठूलो धनजनको क्षति तथा घरवारविहीन हुनपर्ने स्थिति आएको स्मरण गराउँदै सुविधा पाएका लाभग्राहीले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गर्नुभयो । 

अन्नपूर्ण गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् सांसद सीता गिरी ओली, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल, आयोजनाका उपनिर्देशक नारायण श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका नासु तोयनाथ तिमिल्सिनालगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई