२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा महिलाको नाममा लालपूर्जा बनाउनेको संख्या बढ्यो

२४ चैत्र २०७३, बिहीबार ०२:१७

लोकेन्द्र प्रशाद जोशी/चैत्र २४, दार्चुला । जिल्ला मालपोत कार्यालय दार्चुलाबाट चालु आर्थिक बर्षको फागुन मसान्तसम्म कुल ५ सय ४८ घरजग्गा धनी लालपुर्जा बितरण गरीएको छ । 

आर्थिक बर्ष २०७३÷०७४ मा उक्त संख्यामा लिखत पास भएको हो । 

बिगत बर्षहरुको तुलनामा महिलाको नाममा नामसारी वा लिखत दर्ता गराउँनेको संख्या बढ्दै गएको छ । महिलाले समेत भुमी माथि स्वामित्व ग्रहण गर्ने भएपछि घर जग्गा आफ्नो नाममा राख्न महिलाहरु खुसी हुने गरेका छन्, आफ्नो नाममा जग्गा दर्ता गराउँन जिल्ला मालपोत कार्यालय पुगेका महिला सुमित्रा कोलीले आफ्नो नाममै घरजग्गा पास गर्न पाउँदा निकै खुसि भएको र अधिकारको महसुस भएको बताएका छन । 

चालु आर्थिक बर्षमा ग्रामीण क्षेत्रबाट ७१ र सहरी अर्थात नगरक्षेत्रका ८० जना गरी कुल १ सय ५१ जना महिलाहरुको नाममा लालपुर्जा पास भएको जिल्ला मालपोत कार्यालय दार्चुलाका खरिदार कालुराम सार्कीले जानकारी दिनुभयो । 

यस्तै दलीत जनजातीको नाममा ७, अपाङगता भएका ब्यक्तीको नाममा २ र बृद्धको नाममा एउटा लालपुर्जा पास भएको छ । यस्तै अन्यबाट ३ सय ९७ लालपुर्जा पुरुषको नाममा पास भएको मालपोत कार्यालयको तथ्यांक छ । पुरुषकै हाराहारीमा पुग्न नसकेपनि बिगतको तथ्याङक हेर्दा महिलाको नाममा नामसारी एब. लालपुर्जा दर्ता गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको सार्कीको भनाइ छ ।

गत आर्थिक बर्ष २०७२/०७३ मा कुल ९ सय १२ लालपुर्जा पास भएकोमा २ सय २८ महिलाहरुको नाममा लालपुर्जा पास भएको तथ्याङक कार्यालयको छ । कार्यालयका अनुसार गत आर्थिक बर्षमा महिला २ सय २८, दलित जनजाती ११ सहिद परिवारका १०, बृद्ध ३, अपाङग ३ र पुरुषको नामममा ६ सय ८४ लालपुर्जा दर्ता भएको थियो । 

मालपोत कार्यालयबाट जग्गा पास गराउँदा नगर क्षेत्रको ४ प्रतिषत र ग्रामिण क्षेत्रको २ प्रतिषत कर लाग्ने गरेको छ । भने महिलाहरुलाइ उक्त करमा नगरक्षेत्रको लागी २५ प्रतिषत र ग्रामिण क्षेत्रकोलागी ५० प्रतिषत छुटको ब्यबस्था रहेको छ । जिल्ला मालपोत कार्यालय दार्चुलाबाट हालसम्म संयुक्त लालपुर्जा भने न्युन संख्यामा पास भएको खरीदार कालुराम पार्कीले बताउँनुभयो ।

महिलाहरुको नाममा जग्गा दर्ता गराउँनेको संख्यामा बृद्धि भएको देखीएपनि महिला पुरुष संयुक्त लालपुर्जा बितरणको अवस्थाभने न्युन रहेको छ । 

बिगतमा संकल्प दार्चुला नामक गैरसरकारी संस्थाको पहलमा समेत संयुक्त लालपुर्जा बितरणको प्रयास भएको देखीन्छ । संकल्पले भने आफुहरुको पहलमा गत बर्ष १३ ओटा र चालु आर्थीक बर्षमा १० गरी २३ ओटा संयुक्त लालपुर्जा बितरण भएको जनाएको छ । संकल्पले दलित महिलाहरुको लागि भन्दै संयुक्त लालपूर्जा अभियान सञ्चालन गरेको हो । तर पछिल्लो समयमा भने अभियानले गति लिएको देखिदैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला