२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

४ वर्ष देखि डडेल्धुराको रज्यौडा गाँउका राउटेका घर अझै बनेनन

१६ बैशाख २०७३, बिहीबार १३:३१

बैशाख १६, डडेल्धुरा । घर निर्माण शुरु गरेको चार वर्ष भईसक्दा सम्म पनि डडेल्धुरा परशुराम नगरपालीका रज्यौडाका राउटेहरुका घर बन्न सकेका छैन्न । घर आवास कार्यक्रम अन्र्तगत नेपाल सरकारले रज्यौडामा रहेका ४१ घर परिवार राउटेका लागि निर्माण गर्ने भएको थियो ।

घर बन्दै गर्दा अख्तियारले भित्रिमधेशका सामुदायि वन उपभोक्ता समुहलाई मुद्धा चलाए पछि काठ नपाउँदा घर निर्माण कार्य अबरुद्ध भएको हो । भित्रिमधेश क्षेत्रमा रहेका १ सय ८ वनमा लागेको वन मुद्दाकै कारण देखाएर काठ रोकिए पछि काम बन्द हुँदा धान खाने मुसो चोट खाने बिरालो भन्ने नियति राउटेहरु भोग्दै आएका छन् । वसोवासका लागि घर नहुँदा समस्या भएको भन्दै राउटे चिन्तीत वनेका छन् ।

विषेश अदालतको फैसला अनुसार भित्रि मधेश क्षेत्रका सामुदायिक वनमा काटीएको काठ विक्रि हुँदा सम्म पनि राउटेहरुले घर निर्माणका लागि काठ पाउन सकिएको छैन । यसै आर्थीक वर्ष भित्रै निर्माण गर्नका लागि केही समय भित्रै काम शुचारु हुने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले बताएका छन ।

डडेल्धुराको भित्रिमधेशका विभिन्न क्षेत्रमा ८६ घर परिवार लोपउन्मुख राउटेको वसोवास रहेको छ । तरुल गिठा खाने, जंगली व्यवहारबाट आम मानिसको जस्तै सामाजिक जीवनमा प्रवेश गरेका राउटेहरुका लागि आएको घर आवास कार्यक्रम वन फडानी र कटानीमा कुनै संग्लग्नता नभएका निर्दोश राउटेहरुका लागि घर बनाउने र नयाँ घरमा बस्न पाउने कुरा आकाशको फल आँखा तरि मर भने जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै