२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जंगलको डढेलोले घर जलायो

२०७३, १६ बैशाख बिहीबार १३:३३

बैशाख १६, डडेल्धुरा । डडेल्धुराको भित्रीमधेष क्षेत्रमा जंगलको डढेलोले एक घर जलेर सखाप भएको छ । परशुराम नगरपालिका ११ नाराङ्गा भन्ने ठाउँमा रहेको धन बहादुर बागको घरमा हिजो साँझ आगलागि भएको हो । जंगलमा लागेको डढेलोबाट आगोको झिल्का खरले छाएको घरमा परेपछि आगलागी भएको हो । घर जलेर पूर्ण रुपमा क्षती भएको स्थानिय शिक्षक गणेश बहादुर भाटले जनाकारी दिएका छन् ।

मानविय क्षती भने नभएको जनाईएको छ । भित्री मधेषका अधिकांश वनहरुमा अहिले डढेलो लागिरहेको छ । सिद्धभगवती सामुदायिक वनमा लागेको डढेलोले घर पनि जलेको पिडितले बताएका छन् । घर नै जले पछि परिवारका सदस्य बिचल्लीमा परेका छन ।
यस्तै डोटीमा आगलागिका कारण सामुदायिक तथा कबुलियती गरि करिब एकहजार ७ सय ४४ हेक्टर बन सखाप भएको छ । जिल्ला बन कार्यालय डोटीका वन अधिकृत बद्री कुमार कार्कीले दिएको जानकारी अनुसार डोटीका सामुदायिक तर्फका ८५, कबुलियती तर्फका २ तथा अन्य केही सरकारी बनमा आगलागि भएको छ ।

आगो निभाउने प्रयास भईरहेता पनि अत्याधिक खडेरी र गर्मिका कारण वन सुख्खा भएकाले निभाउन सकिएको छैन । पानी नपरेकै कारण यस्तो समस्याको सिर्जना भएको हो । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जनजागृति सामुदायिक वन उपभोक्ता समितिका कोषाअध्यक्ष देव बहादुर बमले बताउनु भयो । बनमा नयाँ घास उम्रीने आसाले कहि कतै त स्थानियबासी तथा उपभोक्ताले नै बनमा आगो लगाउने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन