४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जंगलको डढेलोले घर जलायो

१६ बैशाख २०७३, बिहीबार १३:३३

बैशाख १६, डडेल्धुरा । डडेल्धुराको भित्रीमधेष क्षेत्रमा जंगलको डढेलोले एक घर जलेर सखाप भएको छ । परशुराम नगरपालिका ११ नाराङ्गा भन्ने ठाउँमा रहेको धन बहादुर बागको घरमा हिजो साँझ आगलागि भएको हो । जंगलमा लागेको डढेलोबाट आगोको झिल्का खरले छाएको घरमा परेपछि आगलागी भएको हो । घर जलेर पूर्ण रुपमा क्षती भएको स्थानिय शिक्षक गणेश बहादुर भाटले जनाकारी दिएका छन् ।

मानविय क्षती भने नभएको जनाईएको छ । भित्री मधेषका अधिकांश वनहरुमा अहिले डढेलो लागिरहेको छ । सिद्धभगवती सामुदायिक वनमा लागेको डढेलोले घर पनि जलेको पिडितले बताएका छन् । घर नै जले पछि परिवारका सदस्य बिचल्लीमा परेका छन ।
यस्तै डोटीमा आगलागिका कारण सामुदायिक तथा कबुलियती गरि करिब एकहजार ७ सय ४४ हेक्टर बन सखाप भएको छ । जिल्ला बन कार्यालय डोटीका वन अधिकृत बद्री कुमार कार्कीले दिएको जानकारी अनुसार डोटीका सामुदायिक तर्फका ८५, कबुलियती तर्फका २ तथा अन्य केही सरकारी बनमा आगलागि भएको छ ।

आगो निभाउने प्रयास भईरहेता पनि अत्याधिक खडेरी र गर्मिका कारण वन सुख्खा भएकाले निभाउन सकिएको छैन । पानी नपरेकै कारण यस्तो समस्याको सिर्जना भएको हो । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जनजागृति सामुदायिक वन उपभोक्ता समितिका कोषाअध्यक्ष देव बहादुर बमले बताउनु भयो । बनमा नयाँ घास उम्रीने आसाले कहि कतै त स्थानियबासी तथा उपभोक्ताले नै बनमा आगो लगाउने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल