स्थानीय स्तरबाटै शान्ति र मेलमिलापको वातावरण तर्जुमा गरिनुपर्नेमा जोड

Posted on: 30 Apr, 2016

बैशाख १८, डडेल्धुरा । स्थानीय शान्ति समिति डडेल्धुराद्वारा आयोजना गरिएको शान्ति प्रर्वद्धन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिम आज सम्पन्न भएको छ ।

स्थानीय स्तरबाट शान्ति स्थापनामा सहयोग गरिनुपर्ने र गाबिस सचिवहरुद्धारा समुदायमा शान्तिको सन्देश पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको स्थानिय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले जानकारी दिएका छन । स्थानिय स्तरमा मेलमिलाप कसरी गर्ने, समाजमा हुने गरेका विभिन्न खाले बिबादहरुलाई कसरी सुल्झाउने र समाजमा कसरी भाइचाराको भावना स्थापित गराउने भन्ने बारेमा छलफल गरिएको संयोजक साहीले बताएका छन ।

तालिममा डडेल्धुराका १८ वटै गाविसका गाविस सचिवहरुको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!