बैशाख २३, काठमाडौँ | एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सुर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २३, काठमाडौँ | एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सुर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्"/>

२१ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानबाट‘धुर्मुस सुन्तली फाउण्डेशन’द्वारा चौथो परियोजना निर्माणको घोषणा

२३ बैशाख २०७४, शनिबार ०७:१२


बैशाख २३, काठमाडौँ | एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सुर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे । जापानमा रहेका सयौं नेपालीहरुले एकै स्थानमा भेला भएर उनीहरुको अभिनन्दन गर्दा माहोल साँच्चै भावुक बनेको थियो । अनि कार्यक्रममा सहभागी हरेक नेपालीले भावुक मुद्रामा पुनः निर्माण महा अभियानका महानायक धुर्मुस र सुन्तलीलाई अभिनन्दन गरे ।

एक साता लामो जापान टुरमा निस्केका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ ले गरेका सामाजिक कार्यका लागि सहयोग गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । आयोजकले एउटै स्टेजमा दुईवटा कार्यक्रम सम्पन्न गरेको छ । जापान बासी नेपालीले धुर्मुस सुन्तलीलाई उत्त स्टेजमै अभिनन्दन गरे भने धुर्मुस सुन्तली साँझ २०१७ पनि सफलता पुर्वक सम्पन्न भयो । कार्यक्रमकै सिलसिलामा सहयोगीहरुबाट पनि सहयोग प्राप्त भए । ‘धुर्मुस–सुन्तली साँझ २०१७’ यसैका लागि आयोजना गरिएको थियो र यो जापानमा नेपालीहरुले गरेका कार्यक्रम मध्ये अहिलेसम्मकै सफल कार्यक्रम रहेको आयोजकले बताएको छ । नेपालीहरुका प्रिय कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो अभिभावकका रुपमा मान्दै आएका चर्चित प्रस्तोता दिनेश डिसी, चर्चित पप गायक दिपक बज्राचार्य र हास्य कलाकार बांगे बाको समेत कार्यक्रममा बेजोड प्रस्तुती रहेको थियो ।


आयोजकका अनुसार ‘धुर्मुस–सुन्तली साँझ’ र च्यारिटी डिनर कार्यक्रम सहित जापानबाट फाउण्डेशनका लागि २८ लाख ६० हजार ८ सय ८६ नेपाली रुपैयाँ (३१ लाख ५४ हजार २ सय ४ जापानी येन) सहयोग संकलन भएको थियो । सो रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरि सकिएको छ । कार्यक्रमको आयोजक संस्था सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकहरुबाट उठेको १४ लाख ३० हजार २ येन बराबरको रकम सिटी एक्सप्रेसको तर्फबाट अध्यक्ष महेश श्रेष्ठले कार्यक्रम हलमै डवल गर्ने घोषणा गरेका थिए । हलमा दर्शक र सिटी एक्सप्रेसको गरी २८ लाख ६० हजार ४ येन संकलन भएको हो । कार्यक्रममा करिव सयको हाराहारीमा स्वयंसेवक परिचालन गरिएको थियो भने अभिनन्दनका लागि सयौं नेपाली झण्डा वितरण समेत गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक हरी सापकोटाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भुवन भट्टको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सुरु गरिएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका सल्लाहकार जिज्ञानकुमार थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहनसिंह घले, सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठ, सनराईज कर्पोरेशनका प्रवन्ध निदेशक हरी सापकोटा, जेनिथ रेमिटका प्रवन्ध निर्देशक नविन निउरे लगायतले कलाकारहरुलाई खादा ओढाएर अभिनन्दन गरेका थिए । 


त्यस्तै कार्यक्रमबाटै धुर्मुस सुन्तलीले हिमाल, पहाड र तराई जोड्ने एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई तिब्रता दिने बताए । धुर्मुस सुन्तलीले ३ वटा बस्ती सफलता पुर्वक सम्पन्न गरिसकेको छ । भुकम्प गएको केही समय देखीनै लगातार सामाजिक कार्यमा सक्रिय हुदै आएका यि जोडिले काभ्रेको डाँडा गाउँमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा गिरान्चौर एकिकृत नमुना बस्ती र महोत्तरीको बर्दिवास २ मा एकिकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ । फाउण्डेशनले ३ वटा बस्ती सफलतापुर्वक सम्पन्न गरेर राष्ट्रलाई चुनौति दिईरहेका बेला फेरी पनि अर्को परियोजनाको घोषणा गरेका छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले । भुकम्प पछाडि उनीहरुले जापानवासी नेपालीहरुको माया र हौसला आफ्ना लागि मार्ग दर्शन भएको बताउँदै आफूहरुको चौथो प्रयासको थालनी जापानबाट गरिएको जानकारी गराए । कार्यक्रममा सहयोगको लागि आग्रह गदै उनले बस्तीको खाका समेत प्रस्तुत गरे । धुर्मुसले बस्तीमा पुरै नेपाल देखिने भन्दै एउटा पर्यटकिय स्थल बनाउने सपना देखेको धारणा ब्यत्त गरे । 


उता धुर्मुस सुन्तली साँझ २०१७ मा मुख्य प्रायोजकको रुपमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको लक्की ड्रमा ३० जना विजेताले १२ पटक नेपाल पैसा पठाउन पाउने भएका छन् । कार्यक्रम हेर्न उपस्थित भएका दर्शकहरुको अर्धकट्टी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निकालेका थिए । अर्को सिटी ट्राभलले एक जनालाई नेपाल जापान आउने हवाई टिकटको लक्की ड्र समेत गरेको थियो । सो लक्की ड्रको विजेता रमेश केसी भएका थिए । कार्यक्रमको क्रममा विजेता केसीलाई सिताराम कट्टेल ‘धुर्मुस’, सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ र सिटी ट्राभलका म्यानेजर दिनेश केसीले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । धुर्मुस सुन्तली साँझको टिकट खरिद गर्नेहरुले टिकट लिएर आएमा एक पटक सर्भिस चार्ज फ्री पाउने भएकोले सिटी एक्सप्रेसको काउन्टरमा सम्पर्क गर्न सकिने सिटी एक्सप्रेसका अध्यक्ष श्रेष्ठले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको सम्बोधन : यो अमेरिकी जनताको सानदार जित हो औपचारिक रुपमा राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते रास्वपाको प्रदर्शन आज पनि जारी रहने जितनजिक पुग्दा तेस्रो ‘स्विङ स्टेट’मा पनि ट्रम्पको कब्जा ! अमेरिकी चुनाव: दुई स्विङ स्टेटमा ट्रम्पको जित, पाँचमा अग्रता कायमै बिना जानकारी जापान भ्रमणमा गएका कोशीका आन्तरिक मामिलामन्त्रीले बुझाए राजीनामा अमेरिकी राष्ट्रपति निर्वाचन : ७ ‘स्वीङ स्टेट’ मध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले बाजी मारे, बाँकी ६ राज्यमा के छ अवस्था ? प्रचण्ड र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ? इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ सुदूरपश्चिमका जनता अहिले शेरबहादुर देउवाको नामसमेत सुन्न तयार छैनन् : सिंह काभ्रेमा आफ्नै छोराद्वारा लोहोरो प्रहार गरी आमाको हत्या रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति प्रधानमन्त्री ओली अस्वस्थ रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग प्रचण्डद्वारा रवि लामिछानेको समर्थन, संसदीय समितिले सफाइ दिएको दाबी रवि लामिछानेको म्याद थपबारेको बहस सकियो रास्वपाको प्रदर्शनबाट ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहने