२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा फुपूको छोरालाई खुकुरी हानेर फरार भएका अभियुक्त धादिङबाट पक्राउ

२०७४, २४ बैशाख आईतवार ०८:१४

भक्तपुर, २४ वैशाख । एकाबिहानै आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । 

कौशलटार, सागबारीमा नेपाली सेनाका कर्णेल आनन्दसिंह भाटका घरमा भाडामा बस्दै आएका आफ्नै मामाका छोरा ३२ वर्षीय सरोज सुवेदीलाई कोइरालाले आज बिहान ७ः३० बजे कोठामै गएर खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । 

अभियुक्त कोइरालाको चौतर्फी खोजी गर्ने क्रममा मोटरसाइकलमा पोखरातर्फ जाँदै गर्दा धादिङबाट पक्राउ गरी भक्तपुर ल्याइँदै गरेको बताइएको छ । 

झापा तामुङ्दुवा– ३ घर भई सागबारीमा बस्ने एसबिआई बैंक लैनचौरका प्रबन्धक सुवेदीको उपचारका लागि बिएन्डबी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । घरमा सुवेदीका श्रीमती, बच्चा र काम गर्ने महिला भएकै बेलामा बिहानै आएका कोइरालाले कोठामा बसिरहेका सुवेदीमाथि एक्कासि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै