५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गेष्टहाउसमा २८ बर्षीय युवती मृत भेटिईन

२४ बैशाख २०७४, आईतवार १४:३९

बैशाख २४, काठमाडौँ । कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । 

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले मृतक काभ्रे महाँकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङ भएको जानकारी दिनुभयो । 

मृतक तामाङ र वतन नखुलेका विष्णु सापकोटा नाम गरेका व्यक्ति शनिबार आफूहरु श्रीमान् श्रीमती भनी होटलमा बसेकामा आइतबार सापकोटा विमानस्थल गएर साथी लिएर आउँछु भनी गएका थिए । 

सापकोटा फर्किएर नआएपछि उक्त गेष्ट हाउसमा काम गर्ने व्यक्तिले कोठामा गई हेर्दा कोठाको बाहिर पट्टीबाट चुकुल लगाएको र कोठाभित्र तामाङलाई घोप्टो अवस्थामा मृत फेला पारेका थिए । 

निरीक्षक पाण्डेले भन्नुभयो, “सो व्यक्तिले एयरपोर्टबाट केही छिनमा फर्कने भन्दै थप पाँच जनालाई खाना बनाउनु भनी भागेर गएका रहेछन्, उनको खोजी कार्य जारी छ । मृतक तामाङको घाँटीमा डाम देखिएकाले उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता