३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा मुद्दाहरु मिलापत्र गरेर अवैध रकम असुल्छन प्रहरी

१६ कार्तिक २०७२, सोमबार ०१:२०

भाष्कर के.सी/कात्तिक १६, कञ्चनपुर । मुद्दाहरु मिलापत्र गरेर अवैध रुपमा पैशा अशुल्न पल्केका प्रहरी संगठन भित्रका केही प्रहरीहरुले मुद्दाका प्रमाण नष्ट गर्न निकै अघि छन् ।

शुरुवात देखि नै मुद्दा फितलो बनाएर । आफु अनुकुल मिसिल बनाएर अशुल्न पल्केका प्रहरीले कञ्चनपुरका पत्रकार घटनामा समेत चरम लापरबाही गरेको भेटिएको छ ।

कञ्चनपुर प्रहरीले पत्रकार कुटपिटको घटनाको मुद्दा कमजोर बनाई विपक्षीबाट अवैध पैशा अशुल्न प्रमाण नष्ट गरेको रहस्य भेटिएको हो । साउन १८ गते गोबरैया स्थिती रहेको एक होटेलमा भएको कुटपिटमा घाईते भएका कञ्चनपुरका तिन पत्रकार सहित चार जनाको प्रमाण नष्ट गर्न प्रहरी हदैसम्म लागेको देखिएको छ ।

घटनाका पीडित पत्रकार ज्ञानेन्द्र महताले आईतबार रेडियो राष्ट्रियमा गरेको पत्रकार सम्मेलनमा आफुहरुका बिरुद्धमा प्रहरीले प्रमाण नष्ट गर्ने र लुकाउने काम गरेको दावि गरेका छन् ।

पत्रकार महताले मुद्दा फितलो बनाएर विपक्षीबाट अवैध पैशा अशुल्न प्रहरीले प्रमाण लुकाएर प्रहरी संगठनको बदनाम गराउने काम गरेको विश्लेषण गरे । ‘पत्रकारको मुद्दाको विषयमा प्रहरीले प्रमाण लुकाउँछ, भने सर्वसाधारणको मुद्दामा के गर्ला बुझ्नुहोस ।’, उनले भने । ‘प्रहरीको यस्तो गलत कार्यले आम नागरिकहरुले कसरी न्याय पाउँलान् ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असोज १५ गते पत्रकार ज्ञानेन्द्र महताको नाउमा काटेको पत्रमा कार्तिक ११ गते प्रशासनमा जाहेरी तथा प्रमाण खण्डका व्यक्तिहरुलाई उपस्थित गराईदिने पत्र काटेर जिल्ला प्रहरीलाई पठाए पनि जिल्ला प्रहरीले वडा, वडाले पुष्पलाल चोकको अस्थायी प्रहरी विटमा बुझायो । अस्थायी विटले उक्त चिठी महतालाई बुझाउनुको साटो आफ्नो फायलमा थन्क्यायो । प्रहरीले यसरी पत्रकारकै मुद्दामा प्रमाण नष्ट गर्न षडयन्त्र गरेपछि पत्रकार प्रहरीप्रति शंसकित भएका छन् ।

पत्रकार महताको घर जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटर दुरीमा रहेपनि प्रहरीले उनलाई बुझाउनुको साटो चिठी हराउनका लागि यस्तो गरेको हो । अस्थायी प्रहरी पुष्पलाल विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक गणेश धामीले उक्त पत्रबारे आफुलाई थाहा भएको र विटका प्रहरी जवानहरुले उक्त पत्र पाएपछि फाईलमा राखेको बताए ।

सम्बन्धीत व्यक्तिहरुलाई उक्त पत्रबारे जानकारी नगराएको उनले स्वीकार गरे । बजार अनुगमनको विषयमा जिल्ला प्रशासनले के गर्दै छ ? भनेर सोधपुछका क्र्ममा आफ्नो मुद्दा बारे त्यहाँ पुगेपछि मात्रै थाहा भएको पत्रकार महताले जानकारी दिए । मैले बुझ्दै जाँदा हामीहरुका बिरुद्धमा प्रहरीले प्रमाण नष्ट गर्न लागि परेको घटना क्र्मबाटै पुष्टी भएको पत्रकार महताको विश्लेषण छ । यस बारेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक किशोर कुमार दाहालले पत्रकारको चिठी लुकाएको बारे आफुले संगठन भित्र बुझ्ने बताउदै, दोसी भेटिए कार्बाही गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन