२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा ‘खप्रेश्वर कप’ क्रिकेट प्रतियोगिता हुने

२०७२, १६ कार्तिक सोमबार १३:००

बिमल धामी/ कात्तिक १६, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा ‘खप्रेश्वर कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । अन्र्तराष्ट्रियस्तरमा क्रिकेटको महत्व बड्दै गएकाले ग्रामिण क्षेत्रमा समेत क्रिकेटको विकास र खेलाडीहरु उत्पादन गर्नका लागि कार्तिक तेस्रोसाता देखि बेल्डाँडीमा ‘खप्रेश्वर कप’ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

खप्रेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही कार्तिक २० देखी क्रिकेट प्रतियोगिता संचालन हुने खप्रेश्वर मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

खप्रेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव बासुदेब ओझाले दिपावली , छट पर्बको अवसर पारेर प्रतियोगिता आयोजना गरेको बताउनुभयो । यस क्षेत्रका स्थानिय खेलाडीहरुको क्षमता अभिबृद्धीका प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ । दक्षिणी क्षेत्रका युवा समाजसेवी धर्मराज जोशीको आर्थिक, समाजिक र भौतिक सहयोगबाट उक्त प्रतियोगिता संचालन हुने सचिव ओझाले बताउनुभयो । हामीलाई मन्दिर स्थापना कालमा पनि समाजसेवी जोशीले ठुलो सहयोग गरेको सचिव ओझको भनाई छ ।

खप्रेश्वर कप खुल्ला क्रिकेट प्रतियोगिता सहज समितिका संयोजक धर्मराज जोशीले दक्षिणी क्षेत्र खेलकुदका हिसाबले पछाडी परेको हुनाले आफु यो क्षेत्रको विकास गर्नका लागि सहयोग गरेको बताएका छन् ।

स्थानिय खेलाडीको हौसला बढाउनको लागि आफुहरु लागि परेको कुरा बताउनुभयो । जोशीले बेल्डाँडी नगरपालिका भएर मात्र विकास नहुने तर्क गर्नुभयो । विकासको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको सुझाव छ । खेललाई मात्र नहेरी समग्र गाँउको विकासमा आफ्नो सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो । समाजिक काममा यहाँका राजनितिदल , समाजसेवी , बुद्धिजिवी , शिक्षक , जनताले संगै हातेमालो गर्नुपर्नेमा जोड दिए । जोशीले दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडकको अवस्था सुधार नहुन सकेकोमा दुःख ब्यक्त गर्नुभयो । आफु बाल्यकाल देखि बयक हुँदा सम्म उक्त सडक सुधार नभएकाले गाँउको विकासका लागि चिन्ता व्यक्त गर्नुभयो ।

यो सडकको मुद्दामा पत्रपत्रिका, नेट–र्ईन्टरमा, देख्न सुन्नपाउदा आफुलाई खुखी समेत लागेको र मुद्दा उजागर गरिदिने सञ्चारकर्मी सञ्चार माध्यमलाई धन्यवाद समेत दिनु भयो ।

प्रतियोगितमा २० टिमलाई लिखित पत्र दिईसकेको र पत्र नपुगेको ठाउँमा एफ.एम बाट पनि सुचना प्रशारण गरेको आयोजकले जनाएको छ । प्रथम हुने टिमलाई नगद १५ हजार, उपविजेतलाई ८ हजारका साथै ट्रफी प्रमाण पत्र समेत प्रदान गरिने छ । खेल अवधीभर उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरुस्कार दिईने छ ।

प्रतियोगिताले यस क्षेत्रको क्रिकेट खेलको विकासका साथै, आपसी सदभाव समेत जाग्ने अपेक्षा लिईको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि सबै जुटिसकेका छन् । गाँउमै क्रिकेट प्रतियोगिता हुन थालेपछि क्रिकेटका दर्शकहरु बढि हर्षित भएका छन् । टिभीमा अरु देश अरुका खेलाडीको क्रिकेट प्रतियोगिता हेर्न माहिर अब गाँउमै आफ्नै नेपाली दाजुभाईले खेलेको प्रत्यक्ष रुपमा हेर्ने छन् । खेल अवलोकनका लागि आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन