२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा ‘खप्रेश्वर कप’ क्रिकेट प्रतियोगिता हुने

१६ कार्तिक २०७२, सोमबार १३:००

बिमल धामी/ कात्तिक १६, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा ‘खप्रेश्वर कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । अन्र्तराष्ट्रियस्तरमा क्रिकेटको महत्व बड्दै गएकाले ग्रामिण क्षेत्रमा समेत क्रिकेटको विकास र खेलाडीहरु उत्पादन गर्नका लागि कार्तिक तेस्रोसाता देखि बेल्डाँडीमा ‘खप्रेश्वर कप’ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

खप्रेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही कार्तिक २० देखी क्रिकेट प्रतियोगिता संचालन हुने खप्रेश्वर मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

खप्रेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव बासुदेब ओझाले दिपावली , छट पर्बको अवसर पारेर प्रतियोगिता आयोजना गरेको बताउनुभयो । यस क्षेत्रका स्थानिय खेलाडीहरुको क्षमता अभिबृद्धीका प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ । दक्षिणी क्षेत्रका युवा समाजसेवी धर्मराज जोशीको आर्थिक, समाजिक र भौतिक सहयोगबाट उक्त प्रतियोगिता संचालन हुने सचिव ओझाले बताउनुभयो । हामीलाई मन्दिर स्थापना कालमा पनि समाजसेवी जोशीले ठुलो सहयोग गरेको सचिव ओझको भनाई छ ।

खप्रेश्वर कप खुल्ला क्रिकेट प्रतियोगिता सहज समितिका संयोजक धर्मराज जोशीले दक्षिणी क्षेत्र खेलकुदका हिसाबले पछाडी परेको हुनाले आफु यो क्षेत्रको विकास गर्नका लागि सहयोग गरेको बताएका छन् ।

स्थानिय खेलाडीको हौसला बढाउनको लागि आफुहरु लागि परेको कुरा बताउनुभयो । जोशीले बेल्डाँडी नगरपालिका भएर मात्र विकास नहुने तर्क गर्नुभयो । विकासको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको सुझाव छ । खेललाई मात्र नहेरी समग्र गाँउको विकासमा आफ्नो सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो । समाजिक काममा यहाँका राजनितिदल , समाजसेवी , बुद्धिजिवी , शिक्षक , जनताले संगै हातेमालो गर्नुपर्नेमा जोड दिए । जोशीले दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडकको अवस्था सुधार नहुन सकेकोमा दुःख ब्यक्त गर्नुभयो । आफु बाल्यकाल देखि बयक हुँदा सम्म उक्त सडक सुधार नभएकाले गाँउको विकासका लागि चिन्ता व्यक्त गर्नुभयो ।

यो सडकको मुद्दामा पत्रपत्रिका, नेट–र्ईन्टरमा, देख्न सुन्नपाउदा आफुलाई खुखी समेत लागेको र मुद्दा उजागर गरिदिने सञ्चारकर्मी सञ्चार माध्यमलाई धन्यवाद समेत दिनु भयो ।

प्रतियोगितमा २० टिमलाई लिखित पत्र दिईसकेको र पत्र नपुगेको ठाउँमा एफ.एम बाट पनि सुचना प्रशारण गरेको आयोजकले जनाएको छ । प्रथम हुने टिमलाई नगद १५ हजार, उपविजेतलाई ८ हजारका साथै ट्रफी प्रमाण पत्र समेत प्रदान गरिने छ । खेल अवधीभर उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरुस्कार दिईने छ ।

प्रतियोगिताले यस क्षेत्रको क्रिकेट खेलको विकासका साथै, आपसी सदभाव समेत जाग्ने अपेक्षा लिईको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि सबै जुटिसकेका छन् । गाँउमै क्रिकेट प्रतियोगिता हुन थालेपछि क्रिकेटका दर्शकहरु बढि हर्षित भएका छन् । टिभीमा अरु देश अरुका खेलाडीको क्रिकेट प्रतियोगिता हेर्न माहिर अब गाँउमै आफ्नै नेपाली दाजुभाईले खेलेको प्रत्यक्ष रुपमा हेर्ने छन् । खेल अवलोकनका लागि आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…