२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशन गर्न श्रीमद्भागवत

१८ कार्तिक २०७२, बुधबार ११:४९

भाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरको मुटुमा स्थित शिवधाम क्षेत्र परिसरमा रहेको धर्मशाला निर्माण तथा सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशनको लागि यहि कार्तिक १४ गते देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ भईरहेको छ ।

सो महायज्ञमा चर्चित युवा समाजसेवी एंव कथा शिरोमणी पं. दिपक प्रसाद पौडेलले वाचन गरिरहनु भएको छ, भने विभिन्न कलाकारहरु द्वारा झाँकी सहितको संगीतमय भजन किर्तन तथा कथा प्रवचन भई रहेको छ । हवन÷पुजाआजा हरेक दिन विहान ७ बजे देखि ०९ बजे सम्म रहेको छ भने कथा प्रवचन विहान १० बजे देखि ०४ बजे सम्म त्यसगरी बेलुका ७ बजे देखि १० बजे सम्म भइरहेको छ ।

नेपाल शान्तिक्षेत्र घोषण देशव्यापी अभियान गर्दै हिडेको शान्तिका लागी युवा नेपालले २०७० साल पोष २२ गते देखि शुरु गरेको अभियान अहिले सम्म आइपुग्दा यस प्रकारका महापुराण सप्ताह २२ औं जिल्लामा ५४ औ कार्यक्रम रहेको संयोजक÷व्यवस्थापन शैलेस राज अर्यालले बताउनु भयो ।

शिव धाम क्षेत्र विकास समिति तथा भौनाकोटी जोशी वंशावली अध्ययन तथा अनुसन्धान प्रतिष्ठन एंव श्रीमद्भागवत मुल समारोह समिती भिमदत्त नं.पा. द्वारा आयोजना गरेको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सह–आयोजक शान्तीका लागी युवा नेपाल रहेको छ । महायज्ञ यहि कार्तिक २१ गते सम्म चलने छ । सो महायज्ञमा १२ लाख सम्म खर्च हुने अनुमान छ । त्यसै गरी ५० लाख सम्म उठाउने समितिको लक्ष्य रहेको संयोजक अर्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…