२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशन गर्न श्रीमद्भागवत

२०७२, १८ कार्तिक बुधबार ११:४९

भाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरको मुटुमा स्थित शिवधाम क्षेत्र परिसरमा रहेको धर्मशाला निर्माण तथा सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशनको लागि यहि कार्तिक १४ गते देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ भईरहेको छ ।

सो महायज्ञमा चर्चित युवा समाजसेवी एंव कथा शिरोमणी पं. दिपक प्रसाद पौडेलले वाचन गरिरहनु भएको छ, भने विभिन्न कलाकारहरु द्वारा झाँकी सहितको संगीतमय भजन किर्तन तथा कथा प्रवचन भई रहेको छ । हवन÷पुजाआजा हरेक दिन विहान ७ बजे देखि ०९ बजे सम्म रहेको छ भने कथा प्रवचन विहान १० बजे देखि ०४ बजे सम्म त्यसगरी बेलुका ७ बजे देखि १० बजे सम्म भइरहेको छ ।

नेपाल शान्तिक्षेत्र घोषण देशव्यापी अभियान गर्दै हिडेको शान्तिका लागी युवा नेपालले २०७० साल पोष २२ गते देखि शुरु गरेको अभियान अहिले सम्म आइपुग्दा यस प्रकारका महापुराण सप्ताह २२ औं जिल्लामा ५४ औ कार्यक्रम रहेको संयोजक÷व्यवस्थापन शैलेस राज अर्यालले बताउनु भयो ।

शिव धाम क्षेत्र विकास समिति तथा भौनाकोटी जोशी वंशावली अध्ययन तथा अनुसन्धान प्रतिष्ठन एंव श्रीमद्भागवत मुल समारोह समिती भिमदत्त नं.पा. द्वारा आयोजना गरेको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सह–आयोजक शान्तीका लागी युवा नेपाल रहेको छ । महायज्ञ यहि कार्तिक २१ गते सम्म चलने छ । सो महायज्ञमा १२ लाख सम्म खर्च हुने अनुमान छ । त्यसै गरी ५० लाख सम्म उठाउने समितिको लक्ष्य रहेको संयोजक अर्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन