२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शंकरपुरमा खसी कप प्रतियोगिता

१९ कार्तिक २०७२, बिहीबार ११:५०

पहिलाद राना, कार्तिक १९, कञ्चनपुर / ग्रामिण क्षेत्रमा खेलकुदको विकासका लागि भन्दै शंकरपुरमा खसी कप प्रतियोगिता हुने भएको छ । दिपावलीको अवसरमा कारमेल युवा क्लबले खसी कप प्रतियोगिता २०७२ आयोजना गरेको हो ।

क्लबका अध्यक्ष रामसाय रानाले ग्रामिण क्षेत्रमा खेदकुद विकासका लागि फुटबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाँका अनुसार कार्तिक २१गते देखि शंकरपुर बल्मीमा उक्त प्रतियोगिता हुने छ । प्रतियोगितामा सहभागिताका लागि ६०क्लबहरुलाई पत्र पठाईएको बताउदै, बिहीबारसम्ममा १५ क्लब दर्ता भएका छन् । क्लब दर्ताका लागि रु.एक हजार ५५१ तोकिएको छ ।

प्रथम हुने टिमलाई १५ किलो भन्दा बढिको एक खसी, प्रमाण पत्रका साथै मेडल, द्वितिय टिमलाई १० किलो भन्दा बढिको एक खसी, प्रमाण पत्रका साथै मेडल दिईने र तृतिय टिमलाई प्रमाण पत्र मेडल पुरुस्कार दिईने छ । शंकरपुरका स्थानिय युवा धर्मसिह रानाले खेलकुद प्रतियोगिताले युवाहरुमा एकता सदभाव कायम हुने बताउनुभयो ।

खेलकुद प्रतियोगिताबाट यस क्षेत्रका खेलाडीहरुको समेत क्षमता अभिबृद्धी हुने उनको भनाई छ । प्रतियोगितामा झण्डै ५०हजार बराबर खर्च हुने अनुमान गरिएको छ । ग्रामिण क्षेत्रमा हुन गईरहेको उक्त प्रतियोगिता अवलोकनका लागि आयोजकले स्थानियहरुमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव