२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको खुलामन्चमा रामलिला भव्य र सभ्यरुपमा हुदैं

२० कार्तिक २०७२, शुक्रबार ०३:५०

भाष्कर के.सी/ कात्तिक २०, कञ्चनपुर । महेन्द्रनगरको खुला मन्चमा कार्तिक १० गते बाट शुरु भएको रामलिला १९ गते सम्म आइपुग्दा भव्य र सभ्य रुपमा सम्पन्न भइरहेको छ ।

यो भन्दा अघिल्लो पटक २०३६ सालमा भएको त्यसको पश्चात रामलिला नभएको र अहिले आएर ३८ साल पछि महेन्द्रनगरको खुला मन्चमा भइरहेको रामलिला समितिका अध्यक्ष लोक बहादुर ठकुराठीले बताउनु भयो । अहिलेको युवाहरुमा बढदै गइरहेको विकृति र रामलिला गरेको जस्तो त्याग सिक्नुपर्ने र सिकाउने उद्देश्यले रामलिला गर्न लागेको साथै अब देखि हरेक बर्ष रामलिला निरन्तर गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागेको पनि समितिका अध्यक्ष ठकुराठीले बताउनु भयो । ३८ वर्षपछि खुल्ला मञ्चमा संचालन भएको रामलीलाको खर्च घटाएर महोत्सव सफल पार्ने मिसन लिईएको छ । रामलीला मुल आयोजक समितिका पदाधिकारीहरु विच विभिन्न विषयबस्तुहरुमा भईरहेको खर्च घटाएर महोत्सव सफल बनाउने सहमती भएको हो ।

Ram lila
आफ्नो लोक संस्कृतीको संरक्षण गर्नका लागि लामो समयपछि हुने रामलीला महोत्सव आगामी दिनमा समेत सफल बनाउनका लागि खर्च घटाएर राम्रो बनाउने सहमती भएको मुल आयोजक समितिका संयोजक लोक बहादुर ठकुराठीले बताउनुभयो । उहाँका अनुसार मध्यान्तर तिर पुग्दा रामलीला एकदमै शान्त भव्य र सभ्य भएको छ ।

महोत्सव मुल आयोजक समितिका सदस्य सचिव शमरजङ्ग बहादुर चन्दले आफ्नो धर्म, संस्कृतीको रक्षार्थ संचालन भएको महोत्सवमा सकारात्मक विचारको विकासका लागि स्कुलिङ्ग भएको दावि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प