२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जेष्ठ नागरिक समाज द्वारा गरिब अस्हाय वृद्ध/वृद्धालाई कमल वितरण

२३ कार्तिक २०७२, सोमबार ११:०१

kanchanpur news

भाष्कर के.सी । कात्तिक २३, कञ्चनपुर । जेष्ठ नागरिक समाज नेपाल र महिला तथा वृद्ध सेवा केन्द्र आश्रम कञ्चनपुरले ७० वर्ष भन्दा माथिका गरिब अस्हाय वृद्ध/वृद्धाहरु (जेष्ठ नागरिक) लाई कमल वितरण गरेको छ ।

जेष्ठ नागरिक समाज कञ्चनपुर र महिला तथा वृद्ध सेवा केन्द्रले भि.न.पा.९ मटेना, शिवटोलमा २६ कमल र भि.न.पा.–१५खैरभट्टीमा, २६ कमल गरी दुवै स्थानका वृद्ध÷वृद्धालाई ५२ वटा कमल वितरण गरिएको थियो । जस मध्ये जेष्ठ नागरिक समाज कञ्चनपुर ले ३१ वटा कमल वितरण गरेको थियो त्यसै गरी २१वटा कमल महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष सारदा चन्दले आफ्नो तर्फ बाट दिनु भएको थियो ।

जाडो बड्दै गएकाले वृद्ध वृद्धाहरुलाई अत्याधिक जाडो हुने हुनाले केही जाडो कम गर्ने मनसायले जि.वि.स.को सहयोगमा आफुहरुले गरिब र अस्हाय भएका वृद्धहरुलाई राहत स्वरुप कमल वितरण गरेको, सानो सहयोग गर्न पाउदा आफुलाई सारै हर्ष लागेको जेष्ठ नागरिक समाज कञ्चनपुरका अध्यक्ष गंगा राम गिरीले बताउनु भयो ।

kan 2

एक समारोहका विच कमल वितरण गरिएको थियो १०१ वर्ष भएकी वृद्ध महिला धनादेवी नाथलाई कमल दिएर शुरु गरिएको सो कार्यक्रमा सभापति पुर्व वडा अध्यक्ष दिल बहादुर नाथ, प्रमुख अतिथी जेष्ठ नागरिक समाज कञ्चनपुरका अध्यक्ष तथा केन्द्रिय सदस्य गंगाराम गिरी विशिष्ट अतिथी महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्द अतिथी राधा कृष्ण मन्दिरका अध्यक्ष ऋषि खरेल, गोविन्द विष्ट, कृषन घरेडी हेमलाल न्योपाने, गगां प्रसाद खरेल हुनुहुन्थायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…