२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भगौडा प्रहरी लुटपाटमा संलग्न

२५ कार्तिक २०७२, बुधबार ०६:४६

विमल धामी । कत्तिक २५, कञ्चनपुर । कञ्चनपुरका एक भगौडा प्रहरी लुटपाटमा संलग्न भएको रहस्य खुलेको छ । झलारीपीपलाडी नगरपालिका–५का २२ बर्षिया रविन्द्र साउद लुटपाटमा संलग्न भएको रहस्य खुलेको हो ।

साउँदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दैजी–बेल्डाँडी सडकखण्डमा स्थानियहरुलाई लुटपाट गरेको अभियोगमा मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोर कुमार दाहालले दशैँ तिहारको विच समयमा बेल्डाँडी सडकखण्डमा यात्रुहरुलाई लुट्ने समुहका नाईके साँउदलाई घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुुसार साँउदको समुहले यात्रुहरुलाई घरेलु हतियार देखाएर लुटेको थियो । भारतीय मुलका पाउरोटी व्यवसायी अंकित गुप्तालाई महेन्द्रनगर देखि बेल्डाँडी जाने क्र्ममा नगद ९ सय पाउरोटी लगायत अन्य साईकलमा यात्रा गर्नेहरुलाई समेत साउदको समुहले लुटेको भन्दै प्रहरीले अन्य लुटेराहरुको समेत खोजी भईरहेको जनाएको छ । साउँद लगायत अन्य लुटेरासमुहका व्यक्तिहरुलाई लुटपाट अन्र्तरगत मुद्दा चलाईने प्रहरीले तयारी गरेको छ । स्थानियहरुले दैजी–बेल्डाँडी लामो विच जंगलमा नागरिक सुरक्षका लागि प्रहरी विट राख्नुका साथै नियमित गस्ती गर्नुपर्ने माग राखे पनि प्रहरीको लार्पबाहिका कारण सो सडकखण्डमा यस्ता व्यक्तिहरुले नागरिक लुट्दै आएका छन् ।

प्रहरीले ढिलै भएपनि बेल्डाँडी सडक खण्डमा लुट्ने समुहका नाईके पक्राउ गर्नु सफलता भएको समेत स्थानियहरुको भनाई छ । कञ्चनपुर प्रहरीले नागरिक लुट्नेहरुलाई पक्राउ गरेको स्थानियहरुले धन्यवाद समेत दिएका छन् । पक्राउ परेका जो कोहीलाई पनि कुनै कसुर बाँकी नराखेर कडा कार्बाही गर्नुपर्ने स्थानियहरुको माग छ । स्थानियहरुका अनुसार लुटेराहरुलाई कानुन अनुसार कार्बाहीका साथै नागरिकहरुलाई लुट्नेलाई थप बोनस सहित जुत्ताको माला लगाएर गाँउ गाँउ घुमाउन समेत आग्रह गरेका छन् । यस्तै समस्या आउँछन् भनेर पटक पटक विगत देखि नै दक्षिणी जनताले दैजी बेल्डाँडी जंगलको विच स्थानमा प्रहरी चौकी स्थापना गनुपर्ने माग राखेपछि प्रहरी लगायत सम्बन्धीत निकायको मौनताका कारण आज स्थानिय, प्रहरी र सरकारको टाउको दुखाईको विषय बनेको छ । सरकारले नत, यो सडक कालोपत्रे गर्न जर्मको ग¥यो, नत नागरिक सुरक्षा दिन योजना नै बनायो । सरकारमा बसेकाहरुले यो सडक सुरक्षा बारे रणनिती नबनाएका कारण आज सबैपक्षतिर असर पुगेको छ । स्थानियहरुले विच जंगलमा प्रहरी विट राख्न समेत सरकार संग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…