२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तिन महिना देखि प्रअ बिहिन् विद्यालय

२ मंसिर २०७२, बुधबार ०८:१७

विमल धामी, मंसिर २, बेल्डाँडी / कञ्चनपुर कञ्चनपुरको बेल्डाँडी नगरपालिका ९मा रहेको जनता सरस्वती माध्यामिक विद्यालयमा तिन महिना देखि प्रधानाध्यापक बिहिन् रहेको छ ।

तत्कालिन प्रधानाध्यापक लक्ष्मी दत्त जोशीले प्रअ पदबाट राजिनामा दिएपछि उक्त विद्यालय प्रअ बिहिन भएको हो । भदौँमा प्रअ जोशीले राजिनामा दिएपछि, विद्यालय व्यवस्थापन समितिले सहायक प्रअ मान बहादुर चन्दलाई निमित्त प्रअको जिम्मा दिएपनि जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले चन्दलाई निमित्त प्रअमा सहमती नदिएको व्यवस्थापन समितिको आरोप छ ।

न्द राहत माविका शिक्षक भएका कारण पनि निमित्त प्रअमा सहमती नदिएको हुनसक्ने अभिभावकहरुको ठहर छ । शिक्षा कार्यालयका पदाधिकारी अनुकुल पअ नभएका कारण पनि विद्यालयमा पअ नियुक्ती गर्नमा ढिलाई भएको अभिभावक गणेश बुढाको भनाई छ ।
लामो समय देखि प्रअ बिहिन भएपछि विद्यालयको आर्थिक प्रशासनिक महत्वपूर्ण निर्णय काम रोकिएको छ । दैनिक पठन पाठन बाहेक अन्य काम रोकिएको निमित्त प्रअ मान बहादुर चन्दले बताउनुभयो ।

कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्याम सिह धामीले यस बारेमा बुझ्ने बताउनुभयो । ‘शिक्षा कार्यालय यस बारेमा बुझेर तत्काल समस्या समाधान गर्नतिर लाग्छ ।’, उनले भने । ‘व्यवस्थापन समितिबाट शिक्षामा प्रअको माग आउनुपर्छ ।’ विस २०२५ सालमा स्थापना भएको विद्यालयमा हाल ७०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् । अभिभावकहरुले भने, छिट्टै पअ नियुक्त गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…