२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बालअधिकार दिवशको उपलक्ष्यमा अनाथालयका बालबालिकालाई पोशाक

२०७२, ४ मंसिर शुक्रबार १०:२१

bal diwas 1भाष्कर के.सी । मंसिर ४, कञ्चनपुर । अन्तराष्ट्रिय बाल अधिकार दिवशको उपलक्ष्यमा कञ्चनपुर बालअनाथालयका बाल–बालिकालाई बाल कल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले पोशाक वितरण गरेको छ ।

महेन्द्रनगर कञ्चनपुरमा आज बाल अधिकार दिवशको उपलक्ष्यमा बाल अनाथालयका ३१जना बालबालिका लाई थ्री एन्जल्स नेपाल, एनएनएसडबल्युए, बेस कञ्चनपुर, इन्सेक कञ्चनपुर र साथी संस्थाको सहयोगमा पोशाक वितरण गरेको हो । साथै अन्तराष्ट्रिय बाल अधिकार दिवशको उपलक्ष्यमा जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिताको पनि अयोजना गरिएको थियो । ‘‘बाल श्रम र सडकबाल बालिका न्युनिकरणको उपाय‘‘बारेमा २०० शब्द को निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमश ५०००, ४००० र ३०००।– पुरुस्कार साथै प्रमाण पत्र राखिएको थियो । पुरुस्कार पाउनेमा प्रथम स्थान श्री महेन्द्रनगर उ.मा.वि.(साधारण) कटानका कक्षा १० का छात्र अपिल चन्द द्वितिय स्थान श्री भुवनेश्वरी उ.मा.वि.,सिसैयाका कक्षा १०का भुवन जोशी तथा तृतीय स्थानमा श्री लक्ष्मी उ.मा.वि. दोधराका कक्षा ९का अपिल मल्लले प्राप्त गर्नु भएको थियो ।

bal diwas

संयुक्त राष्ट्र संघ युएन १९८० नोभेम्बर २० तारिकका दिन बाल अधिकार महासंन्धी सीआरसी लाई अनुमोदन गरेको उपलक्ष्यमा संसारभरी मनाउने गरिएको छ । प्रमुख अतिथि लगायत उपस्थिीत सबैले बालअनाथालयका अध्यक्ष नारद पाण्डेयलाई पोशाक हस्तान्तरण गर्नु भएको हो ।

बालअनाथालयका अध्यक्ष नारद पाण्डेयको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि सहायक प्र.जि.अ भोजराज श्रेष्ठ हुनुहुन्थ्यो, त्यसगरी अतिथिमा एस.पि.किशोर कुमार दहाल, इन्सेक कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाट रहनु भएको थियो । भने कार्यक्रम संचालन बाल अधिकार कार्यलयका अधिकृत भुवन राज चटौतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन