२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी प्रहरी प्रमुखद्वारा नागरिक सित परिचयात्मक कार्यक्रम

१४ मंसिर २०७२, सोमबार १२:०८

विमल धामी/मंसिर १४, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय बेल्डाँडीले नागरिकहरुसित परिचयात्मक कार्यक्रम गरिएको छ ।

ईप्रका बेल्डाँडीमा नयाँ प्रहरी इन्चार्ज लाल बहादुर बम आएपछि सोमबार ईप्रका बेल्डाँडीले इन्चार्ज बम र नागरिकसित परिचयात्मक कार्यक्रम राखेको हो ।
\ईलाका प्रहरी बेल्डाँडी प्रहरीका अनुसार नयाँ इन्चार्ज बम आएपछी नागरिक कार्य सम्पादनका लागि नागरिकसित परिचयात्मक कार्यक्रमका साथै छलफल गरेको हो । कार्यक्रममा बेल्डाँडीका स्थानियहरु अगुवाहरुले दैजी–बेल्डाँडी नागरिक सुरक्षा, महिला तथा बालबालिकाहरुको सुरक्षाका साथै बेल्डाँडीको दक्षिण र पश्चिम क्षेत्र भारतसंग जोडिएकाले सिमा सुरक्षामा विषेश निगरानी बढाउन समेत सुझाव दिएका छन् । बेल्डाँडीका अगुवा महिला भागरती शाहीले स्थानियहरुले बेल्डाँडी प्रहरी प्रमुखको जिम्मेबारी पाएका बम समक्ष महिला मुद्दा फाँटको व्यवस्था गर्न समेत माग गरेको जानकारी दिनुभयो ।

नागरिकहरुले उठाएका विषयमा आफ्नो सहमती भएको भन्दै इन्चार्ज बमले नागरिक सुरक्षाका लागि आफु लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । वडा प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेबारी सम्हालीसकेका बम हाल काजमा ईप्रका बेल्डाँडी गएका छन् । स्थानियहरुले पटक पटक सम्बन्धीत निकायसंग सिमा सुरक्षा बल क्याम्प स्थापर्नाका लागि माग गरेपनि शसस्त्र प्रहरी बलले वेवास्ता गरेका कारण सिमा सुरक्षाको जिम्मा पनि प्रहरीले नै गर्नुपर्ने विडम्वना रहेको औल्याएका छन् ।

सिमा सुरक्षाको जिम्मा पाएका बजार, सिडिओका क्वाटरको पहरा दिन्छु, अब बेल्डाँडी प्रहरीले नै सबैथोकको जिम्मेबारी पहन गर्नुपर्ने स्थानियहरुको गुनासो छ । बेल्डाँडीका स्थानियहरुले बमलाई स्वागत समेत गरेका छन् । दक्षिणी क्षेत्रमा शसस्त्र सिमा सुरक्षाका बोडर पोष्ट स्थापना नहुँदा सिमा सुरक्षामा चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…