२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आयस्रोत बढाउन माछापालन शुरु

२०७२, २१ मंसिर सोमबार ०६:२८

विमल धामी/  मंसिर २१,कञ्चनपुर ।
उपभोक्ताहरुलाई वैकल्पिक उर्जाको व्यवस्था गरिदिन माग
कञ्चनपुरको एक मध्यवर्ती सामुदायिक बनले आयस्रोत बढाउनका लागि माछा पालन शुरु गरेको छ ।
जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी–बेलौरी नगरपालिकामा रहेको झर्नासागर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले आयस्रोत बढाउनका लागि माछापालन शुरु गरेको हो ।

सामुदायिक बनको अन्य आयस्रोत नभएका कारण बनको खर्च जुटाउन माछा पालन गरेको झर्नासागर सामुदायिक बन उपभोक्ता समुहले जनाएको छ । सामुदायिक बनका उपाध्यक्ष सकराम साउ“दले बनको आय बढाउन माछा पालन शुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तिन वर्ष देखि सामुदायिक बनमा माछापालन शुरु गरिएको छ । उपाध्यक्ष साउँदले ८ कटा जमिनमा पोखरी निर्माण गरेर माछा पालन गरेको जानकारी दिनुभयो ।

एक पोखरीमा बार्षिक ४० हजार भन्दा बढिको नाफा हुने गरेको छ । माछापालनबाट राम्रो आम्दानी भएपछि फेरी सामुदायिक बनले अर्को पोखरी निर्माण गर्न लागेको समेत उपाध्यक्ष साउँदले जानकारी दिनुभयो । यसैबर्ष देखि नयाँ पोखरीमा माछापालन शुरु गरिने उपाध्यक्ष साउँदले जानकारी दिनुभयो । मगुर, कमल, सिल्पा लगायतका माछाका जातहरु पालेका छन् ।

माघ महिना देखी माछा बिक्रि वितरण हुने उपाध्यक्ष साउ“ले जानकारी दिनुभयो । माछाको आम्दानी बाट बनका कर्मचारीहरुलाई तलब, बन संरक्षणमा बोट बिरुवा खरिद गरिने, बनको आन्तरिक कार्यमा खर्च गरिने छ ।

यसै विच सामुदायिक बनले संरक्षण तथा सम्बद्र्धनका लागी सामुदायिक बनले विगतका बर्षझै वृक्षारोपण गरेको छ । बगैना, सिसम, मालु, भडपते, गुल्लर, गिठो लगायतका विभिन्न जातका बोट बिरुवाहरु रोपेको उपाध्यक्ष साउ“दले जानकारी दिनुभयो । साथै सामुदायिक बनले बन संरक्षणका लागि भन्दै बस्ती क्षेत्रमा तारबार समेत गरेको छ ।

विस २०६९ मा स्थापना भएको सो सामुदायिक बन ७४ हेक्टरमा अवस्थित रहेको छ । सामुदायिक बनका ८७६ बढि घरधुर उपभोक्ता रहेका छन् । सामुदायिक बनले शुक्लाफाँटा आरक्ष संगै जोडीएकाले स्थानियहरुलाई बैकल्पिक उर्जाको स्रोत दिन समेत आग्रह गरेको छ ।

घरमा इन्धन जडान भए स्थानियहरुको बनप्रतिको परनिर्भरता घट्ने भन्दै गोबरग्याँस लगायतका खाना पकाउने स्रोत साधनको वितरण गर्न समेत सरकार संग माग गरेका छन् । उक्त क्षेत्रका आर्थिक रुपमा विपन्न समुदायहरु खान पकाउन बाध्य भएर दाउराको भर पर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट