२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमै पहिलो रानाथारु सामुदायिक होमस्टे संचालनमा

२७ मंसिर २०७२, आईतवार १४:११

भाष्कर के.सी./ मंसिर २७, कञ्चनपुर । श्ुाक्लाफाँटा बन्यजन्तु आरक्ष मध्वर्ती क्षेत्र महेन्द्रनगरको वार्ड नं १४÷१५ को नयाँ वस्तीमा आज बाट पहिलो रानाथारु सामुदायिक होमस्टे सञ्चालमा आएको छ ।

आईतबार एक कार्यक्रम बिच कञ्चनपुरका जिल्ला प्रमुख मनोहर प्रसाद खनालले रिबनकाटी होमस्टेको उद्धघाटन गर्नु भएको थियो । जैविक विविधता संरक्षणको आधार, पर्यटन विकासको पूर्वधार भन्ने मुलमन्त्रका साथ शुरुगरिएको होमस्टे शुक्लाफाँटा उपभोक्ता समितिको पहलमा शुरु भएको हो ।
home stay 3
अहिले ९ वटा घर बाट शुरु गरिएको होमस्टे विस्तारै पर्यटक बढ्दै जाने र यहाँ स्थानियहरुले पनि यस प्रकारको होमस्टे बाट आर्यआजन गरेको देखे पछि अरुले पनि शुरुवात गर्ने शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुस्कर ब. सिंहले बताउनु भयो ।

यहाँको पर्यटन विकास र यहाँको पर्यटकिय स्थानको पहिचान गराउने र आगन्तुक पहुना विदेशी वा स्वदेशी जो शूकै भए पनि उनीहरुलाई घरायसी वातावरण, राम्रो सत्कार र यहाँको संस्कृतिको पहिचान गराउने साथै आफुहरुको पनि आय आर्जनमा बृद्धि गर्ने आशाका साथ होमस्टे संचालन गर्न लागेको राना थारु समुदायिक होमस्टेका सचिव चेतराम रानाले बताउनु भयो । वहाँले यो भन्दा अगाडि पनि पर्यटक आएको, कोठाको रु.३०० र खानाको रु.१००मा दिदै आएको अब उद्धघाटन भए पछि नयाँ दर तोकिने बताउनु भयो ।
home stay kanchanpur
त्यसै गरी प्रमुख संरक्षण अधिकृत बेत कुमार ढकालले संरक्षण लाई सहयोग होस र सबै सरोकारवालाहरुको समन्वय बाट यहाँको पर्यटकिय क्षेत्रको प्रचार प्रसारको शुरुवात होस, वन्यजन्तु आरक्षण प्रति आपनत्व बढाउने, पर्यटकको सुरक्षा र वासको व्यवस्था गर्न यस प्रकारको होमस्टे बाट उपयुक्त हुने बताउनु भयो ।

आईतबार गरेको उद्धघाटन कार्यक्रममा रानाथारुका संस्कृतिक नाच, गान, गरिएको थियो भने उनीहरुको खाना पनि बनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु