२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा खुला दिशामुक्त घोषणा कार्यक्रम प्रभावित हुने खतरा

२०७२, २८ मंसिर सोमबार ०८:५७

मंसिर २८, कञ्चनपुर / जिल्ला खानेपानी सरसफाई तथा स्वछ्ता समन्वय समितिले कञ्चनपुर जिल्लालाई सन २०१५ भित्र खुलादिशामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । तर, देखतभूली १ ढक्का लगायतका विभिन्न ठाँउका झुपडी बनाएर आरक्ष पीडितहरु बसेका छन् । विस २०५८ सालमा शुक्लाफाँटा आरक्ष विस्तारका क्र्ममा उनीहरुलाई विस्तापित गरेपनि हालसम्म पनि पीडितहरुको पूर्नस्थापना नभएका कारण खुलादिशामुक्त घोषणा कार्यक्रम प्रभावित हुने खतरा बढेको हो ।

खानेपानी सरसफाई तथा स्वछता समन्वय समितिले अन्य गाँउहरुमा अभियान तिव्र रुपमा अघि बढाए पनि आरक्षपीडितहरुको बस्तीमा उक्त कार्यक्रम संचालन हुन नसक्दा लक्ष्य पुरा नहुने संकेत बढेको छ ।

सार्वजनिक जमिन कब्जा गरेर बसेका पीडितहरु अहिलेपनि जंगल, खोला नालाहरुमा दिशापिसाब गरिरहेका छन् । उनीहरुले विस्थापित भएदेखि शौचालय समेत बनाएका छैनन् ।

केहीले मात्रै कच्ची शौचालय निर्माण गरेर दिशापिसाब गरिरहेका छन् । एकातिर स्थानिय निकायहरुले अभियान सफल पार्नका लागि भन्दै शौचालय नबनाएका नागरिकहरुलाई सरकारी सेवाबाट बञ्चित गराउने बाध्यकारी नियम बनाएका कारण पनि पीडितहरुले झन मारमा परेका छन् ।

पूर्नस्थापना नभएका कारण उनीहरु एकातिर चिन्तामा छन्, भने अर्केतिर सरकारी सेवाबाट समेत बञ्चित भएका छन् । गाविस र नगरपालिकाले शौचालय निर्माण नगरेका व्यक्तिलाई विभिन्न सरकारी सेवा सुविधा दिनबाट बञ्चित गरेको आरक्ष पीडित अगुवा दल बहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार विभिन्न गाविस तथा नगर क्षेत्रबाट विस्थापित भएका आरक्ष पीडितहरुलाई सरकारी सेवाबाट बञ्चित गराईएको छ । ‘एकातिर सरकारले हामीहरुको व्यवस्थापन गर्न सकेको छैन् ।’,

उनले भने ‘अर्केतिर हामीहरुलाई बसेकै स्थानमा चर्पी बनाउन अनुमती दिएको छैन् ।’ सरकारले दोहोरो रुपमा पीडितहरुलाई मारमा पारेको उनको दुखेसो छ । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरा सिह भण्डारीले देखतभूली गाविस कार्यालयमा शौचालय निर्माणका लागि सल्लाह गर्न जाँदा सचिवले पीडितहरु अवैध हुन भन्दै कर्मचारी, विभिन्न संघ संस्थाहरुले आरोप लगाएका कारण सो क्षेत्रमा शौचालय सहयोग दिन नसकेको बताए । ‘हामी सरकारी अभियानमा सहयोग गछौँ, भन्दा पनि सचिवले यस्तो जवाफ दिएर फकाईदियो ।’, उनले भने ।

‘हामीहलाई राज्यमा बसेकाहरुले नै विभेद गरेको छ ।’ देखतभूलीका सचिवले पीडितहरुले आफ्नो सुरक्षाका लागि आफै शौचालय बनाउनुपर्ने सुझाव दिएका छन् । देखतभुली गाविस खुलादिशामुक्त घोषणा हुन बाँकी छ केही दिनमै उक्त गाविसलाई पनि खुलादिशा मुक्त घोषणा गर्न लागिएको छ ।

शौचालय नभएरै घोषणा गर्न लागिएको कार्यक्रम प्रभावकारी होला ? आरक्ष पीडितहरुले आफुहरु पनि नेपाली नागरिक भएकाले अस्थायी शैचालय निर्माण गरेर सरकारी अभियान बढि बढाउने र आफुहरु सरकारबाट प्राप्त सेवा सुविधा उपलब्ध गराउन माग गरिरहेका छन् । जिल्ला खानेपानी सरसफाई तथा स्वछ्ता समन्वय समितिले कञ्चनपुरले भने, सुकुम्बासी, आरक्ष पीडित, वाढिपीडित बस्तीहरुमा समेत अभियान थालेर अस्थायी संरचना बनाउन आब्हान गरेको जनाएको छ ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका शाखा अधिकृत गौराज बहादुर लिम्बुले आरक्ष पीडित लगायत बस्तीहरुमा सरसफाईको अभियान संचालन भईरहेको, बाँकी रहेको क्षेत्रमा गरेर अभियान सफल पारिने बताउनुभयो । उहाँका अनुसार कञ्चनपुरमा साविक सात गाविस खुलादिशामुक्त घोषणा भईरहेका छन् । रौतेलीविचुवा, लक्ष्मीपुर, शंकरपुर, रैकबारविचुवा, सुडा, दोधारा–चाँदनी यस अघि नै खुलादिशामुक्त घोषणा भईसकेका छन् ।

पुष भित्रै बेल्डाँडी, देखतभूली लगायतका क्षेत्रहरु समेत घोषणाको तयारीमा छन् । सन २०१५ सकिन झण्डै डेढ महिना मात्रै बाँकी रहदा कञ्चनपुरको पहिलो नगरपालिका भीमदत्त नगरपालिका लगायतका गाविसहरु खुलादिशामुक्त घोषणा गर्न बाँकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट