२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा खुला दिशामुक्त घोषणा कार्यक्रम प्रभावित हुने खतरा

२८ मंसिर २०७२, सोमबार ०८:५७

मंसिर २८, कञ्चनपुर / जिल्ला खानेपानी सरसफाई तथा स्वछ्ता समन्वय समितिले कञ्चनपुर जिल्लालाई सन २०१५ भित्र खुलादिशामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । तर, देखतभूली १ ढक्का लगायतका विभिन्न ठाँउका झुपडी बनाएर आरक्ष पीडितहरु बसेका छन् । विस २०५८ सालमा शुक्लाफाँटा आरक्ष विस्तारका क्र्ममा उनीहरुलाई विस्तापित गरेपनि हालसम्म पनि पीडितहरुको पूर्नस्थापना नभएका कारण खुलादिशामुक्त घोषणा कार्यक्रम प्रभावित हुने खतरा बढेको हो ।

खानेपानी सरसफाई तथा स्वछता समन्वय समितिले अन्य गाँउहरुमा अभियान तिव्र रुपमा अघि बढाए पनि आरक्षपीडितहरुको बस्तीमा उक्त कार्यक्रम संचालन हुन नसक्दा लक्ष्य पुरा नहुने संकेत बढेको छ ।

सार्वजनिक जमिन कब्जा गरेर बसेका पीडितहरु अहिलेपनि जंगल, खोला नालाहरुमा दिशापिसाब गरिरहेका छन् । उनीहरुले विस्थापित भएदेखि शौचालय समेत बनाएका छैनन् ।

केहीले मात्रै कच्ची शौचालय निर्माण गरेर दिशापिसाब गरिरहेका छन् । एकातिर स्थानिय निकायहरुले अभियान सफल पार्नका लागि भन्दै शौचालय नबनाएका नागरिकहरुलाई सरकारी सेवाबाट बञ्चित गराउने बाध्यकारी नियम बनाएका कारण पनि पीडितहरुले झन मारमा परेका छन् ।

पूर्नस्थापना नभएका कारण उनीहरु एकातिर चिन्तामा छन्, भने अर्केतिर सरकारी सेवाबाट समेत बञ्चित भएका छन् । गाविस र नगरपालिकाले शौचालय निर्माण नगरेका व्यक्तिलाई विभिन्न सरकारी सेवा सुविधा दिनबाट बञ्चित गरेको आरक्ष पीडित अगुवा दल बहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार विभिन्न गाविस तथा नगर क्षेत्रबाट विस्थापित भएका आरक्ष पीडितहरुलाई सरकारी सेवाबाट बञ्चित गराईएको छ । ‘एकातिर सरकारले हामीहरुको व्यवस्थापन गर्न सकेको छैन् ।’,

उनले भने ‘अर्केतिर हामीहरुलाई बसेकै स्थानमा चर्पी बनाउन अनुमती दिएको छैन् ।’ सरकारले दोहोरो रुपमा पीडितहरुलाई मारमा पारेको उनको दुखेसो छ । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरा सिह भण्डारीले देखतभूली गाविस कार्यालयमा शौचालय निर्माणका लागि सल्लाह गर्न जाँदा सचिवले पीडितहरु अवैध हुन भन्दै कर्मचारी, विभिन्न संघ संस्थाहरुले आरोप लगाएका कारण सो क्षेत्रमा शौचालय सहयोग दिन नसकेको बताए । ‘हामी सरकारी अभियानमा सहयोग गछौँ, भन्दा पनि सचिवले यस्तो जवाफ दिएर फकाईदियो ।’, उनले भने ।

‘हामीहलाई राज्यमा बसेकाहरुले नै विभेद गरेको छ ।’ देखतभूलीका सचिवले पीडितहरुले आफ्नो सुरक्षाका लागि आफै शौचालय बनाउनुपर्ने सुझाव दिएका छन् । देखतभुली गाविस खुलादिशामुक्त घोषणा हुन बाँकी छ केही दिनमै उक्त गाविसलाई पनि खुलादिशा मुक्त घोषणा गर्न लागिएको छ ।

शौचालय नभएरै घोषणा गर्न लागिएको कार्यक्रम प्रभावकारी होला ? आरक्ष पीडितहरुले आफुहरु पनि नेपाली नागरिक भएकाले अस्थायी शैचालय निर्माण गरेर सरकारी अभियान बढि बढाउने र आफुहरु सरकारबाट प्राप्त सेवा सुविधा उपलब्ध गराउन माग गरिरहेका छन् । जिल्ला खानेपानी सरसफाई तथा स्वछ्ता समन्वय समितिले कञ्चनपुरले भने, सुकुम्बासी, आरक्ष पीडित, वाढिपीडित बस्तीहरुमा समेत अभियान थालेर अस्थायी संरचना बनाउन आब्हान गरेको जनाएको छ ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका शाखा अधिकृत गौराज बहादुर लिम्बुले आरक्ष पीडित लगायत बस्तीहरुमा सरसफाईको अभियान संचालन भईरहेको, बाँकी रहेको क्षेत्रमा गरेर अभियान सफल पारिने बताउनुभयो । उहाँका अनुसार कञ्चनपुरमा साविक सात गाविस खुलादिशामुक्त घोषणा भईरहेका छन् । रौतेलीविचुवा, लक्ष्मीपुर, शंकरपुर, रैकबारविचुवा, सुडा, दोधारा–चाँदनी यस अघि नै खुलादिशामुक्त घोषणा भईसकेका छन् ।

पुष भित्रै बेल्डाँडी, देखतभूली लगायतका क्षेत्रहरु समेत घोषणाको तयारीमा छन् । सन २०१५ सकिन झण्डै डेढ महिना मात्रै बाँकी रहदा कञ्चनपुरको पहिलो नगरपालिका भीमदत्त नगरपालिका लगायतका गाविसहरु खुलादिशामुक्त घोषणा गर्न बाँकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव