२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय

७ जेष्ठ २०७४, आईतवार ०३:१०

(सुरेन्द्र भण्डारी) | सुरुङ्गा (झापा), ७ जेठ । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । 

सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, वेशभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिक रूपमा पनि यो जाति धनी छ । आफूलाई प्रकृतिका पुजारी मान्ने यो समुदायले सालको रुखलाई पवित्र मान्छन् । विष्णुलाई प्रमुख देवता मान्ने यो समुदायले पूजा गर्ने स्थानलाई ‘मान्झिथान’ र ‘जाहेरथान’ भन्छन् । यो समुदायमा गाउँमा एउटा मुखिया हुन्छ त्यसलाई ‘मान्झिहाडाम’ भन्ने गरेका छन् । तिर धनु यो जातिको प्रमुख हतियार हो । सन्थाल जातिमा बाह्रवटा थर हुन्छन् । १२ थरबाटै यो जातिलाई सन्थाल हो भनेर पहिचान गर्न सकिन्छ । 

सन्थाल जातिले बोल्ने भाषालाई ‘सन्थाली’ भनिन्छ । आफ्नै छुट्टै भाषा र लिपि भए पनि यो समुदायले नेपाली भाषा प्रयोग गर्ने गर्छन् । केही वर्षअघिसम्म जमिन्दारका रुपमा चिनिने सन्थाल समुदाय अहिले अति सीमान्तकृत जातिमा पर्छ । शिक्षा क्षेत्रमा पछि परेको यो समुदाय विस्तारै अहिले ‘शिक्षाको उज्यालो यात्रा’ तर्फ लम्कँदैछ । विसं २०६८ को जनगणनामा यो समुदायको जनसङ्ख्या ५१ हजार ७३५ रहेको छ । त्यसमा पनि शिक्षित सन्थाल त झनै कम छन् । 

मुलुकमा आमूल परिवर्तन भएसँगै सन्थाल समुदायको जीवनशैलीमा परिवर्तन भएको छ । सन्थाल समुदायबाट पनि राज्यका विभिन्न तहमा प्रतिनिधित्व भएको छ । सन्थाल समुदायका केही युवा अहिले सरकारी सेवामा समेत सेवारत छन् । 

अति सीमान्तकृत समुदायबाट मोहन टुडू नेपालका एकमात्र सन्थाल समुदायका सांसद बन्नुभएको छ । झापाको हल्दिबारी–७ घर भएका टुडू माओवादीको कोटाबाट सांसद बन्नुभएको हो । सन्थाल समुदायबाट उहाँले अहिले संविधानसभामा देशभरिबाट एक्लै प्रतिनिधित्व गरिरहनुभएको छ । 

उहाँ जस्तै सन्थाल समुदायबाटै कानुनमा स्नातक गर्नुभएका सन्थाल समुदायका अगुवा विश्वदीप बेस्रा अहिले प्रधानमन्त्रीको कार्यालयमा कार्यरत हुनुहुन्छ । उहाँ प्रधानमन्त्री कार्यालयको अधिकृत पदमा सेवारत हुनुहुन्छ । उहाँसँगै सन्थाल समुदायबाटै लेखापालका रुपमा कार्यरत हुनुहुन्छ झापा राजगढ–५ कि सुनिता सोरेन । उहाँ अहिले मेचीनगर नगरपालिकाको लेखापाल हुनुहुन्छ । उहाँका श्रीमान् जिसु मुर्मु पनि खरिदार पदमा कार्यरत हुनुहुन्छ । उहाँ कनकाई नगरपालिकामा कार्यरत हुनुहुन्छ । 

सन्थाल समुदायबाट सरकारी निकायमा काम गर्ने थोरैमात्रै छन् । त्यसमा पनि महिलाको सङ्ख्या त ज्यादै न्यून रहेको बताउनुहुन्छ सिमलवाडी आधारभूत विद्यालयकी शिक्षक तलू बास्के । उहाँ नेपाल पत्रकार महासङ्घ, झापाको सदस्य पनि हुनुहुन्छ । सन्थाल समुदायबाट उहाँ महिलाको प्रतिनिधित्व गर्ने एक्लो सञ्चारकर्मी हुनुहुन्छ । बास्केका अनुसार सुफल सोरेन अरनिको उच्च माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । त्यस्तै सुन्दर वेस्रा टाघनडुब्बामा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

न्यून सङ्ख्यामा सरकारी सेवामा रहेका यो समुदाय शिक्षाको अवसर नपाउँदा बहिष्करणमा परेको मेचीनगरपालिकाकी लेखापाल सुनिता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हाम्रो समुदायमा पनि विस्तारै अहिले पढ्नुपर्छ भन्ने चेतनाको विकास हुँदैछ ।” 

एसएलसीसम्मको शिक्षा पुहाँतु जनज्योति माविबाट पूरा गरेपछि सहिद दशरथ उमावि चारआलीबाट सुनिताले कक्षा ११ र १२ उत्तीर्ण गर्नुभएको हो । अहिले उहाँ त्रिदेव क्याम्पस चारआलीबाट स्नातक गरिरहनुभएको छ । 

समुदायकै उदाहरणीय महिलाका रुपमा चिनिनुभएकी सुनिता शिक्षामा जोड दिन समस्त सन्थाल समुदायलाई आग्रह गर्नुहुन्छ । उहाँ जागिरबाट फुर्सद निस्कनासाथ गाउँ पसेर आफ्नो समुदायका नानीहरूलाई पढ्न हौसला थप्ने गर्नुहुन्छ । राजगढ–५ घर भएका उहाँका पति जिसु रेडियोकर्मी पनि हुनुहुन्छ । उहाँले धुलाबारीको रेडियो सरगममा समाचार सम्पादकको जिम्मेवारीसमेत सम्हाल्न भ्याउनुभएको छ । 

सम्पादकको जागिर छाडेर जिसु अहिले कनकाई नगरपालिकामा खरिदारको पदमा कार्यरत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ – “प्रतिस्पर्धा गर्न नसके कुनै समुदाय विशेषलाई भनेर दिएको आरक्षण कोटाले मात्र केही हुँदैन, प्रतिस्पर्धा त देश विकासका लागि अवश्य नै चाहिन्छ ।” पशुपति मावि राजगढबाट एसएलसी उत्तीण गर्नुभएका जिसुले स्थातकसम्मको अध्ययन गर्नुभएको छ । 

आफ्नो समुदायबाट पनि राज्यका विभिन्न निकायमा प्रतिनिधित्व भएपछि अहिले सन्थाल समुदायले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेको बताउनुहुन्छ नेपाल सन्थाल विकास सङ्घ, झापाका अध्यक्ष बडाराम हेमरम । उहाँ भन्नुहुन्छ – “सन्थाल जाति भन्नेबित्तिकै हिजो उपेक्षामा परेको जाति थियो तर अहिले मुलुकमा आएको परिर्वतनसँगै सन्थाल समुदायलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन भएको छ ।” 

झापाको कोरोबारी, हल्दिबारी, कुमरखोद, टाघनडुब्बा, वैगुनधुरा, जलथल, राजगढ, शरणामतीमा यो समुदायको बसोबास बढी रहेको पाइन्छ । झापामा यो समुदायको जनसङ्ख्या ३५ हजारको हाराहारीमा रहेको नेपाल सन्थाल विकास सङ्घ, झापाका अध्यक्ष हेमरमले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य