१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्ग दुर्घटना, ३ जनाको मृत्यु, ३० जना घाइते, १६ जना काठमाडौँ रिफर (नाम लिस्ट सहित)

१४ जेष्ठ २०७४, आईतवार १९:२५


जेठ १५, काठमाडौं । धादिङको निलकन्ठ नगरपालिकास्थित वडा नम्बर १० गोलाभञ्याङ भन्ने ठाउँमा स्कुल बस दुर्घटनाहुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । दुर्घटनामा २९ जना घाइते भएको जिल्ला अस्पताल धादिङ्गले जनाएको छ । 

धादिङबेसीबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको ग १ ख ३४०५ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै र १ जनाको अस्पतालमा मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी-७ कि ६२ बर्षीय पूर्ण देवी पाण्डे र आगिन्चोक १ कि लक्ष्मी सिंखडाको सनाखत भएको छ । 

घटनामा घाइते भई धादिङ अस्पतालमा उपचाररत निम्न छन् :-  

१. भोज प्रसाद बन्जरा (त्रिपुरासुन्दरी-६)

२. मनिका लागुन (नीलकण्ठ -३)

३. अस्मिता सामरी (नीलकण्ठ-९)

४. कृतिका गौली (त्रिपुरासुन्दरी ७)

५. पार्वती नेपाली (त्रिपुरासुन्दरी ७)

६. निसा गोतामे (त्रिपुरासुन्दरी ७)

७. सुमन परियार (खहरे)

८. पार्वती परियार (खहरे ७)

९. सुनिता परियार (खहरे ७)

१०. जानुका मगर (त्रिपुरासुन्दरी ७)

११. जमुना गौली (त्रिपुरासुन्दरी ७)

१२. क्रिष्टिना गौतम (त्रिपुरासुन्दरी ७)

१३. यम बहादुर मगर (त्रिपुरासुन्दरी ७)

धादिङ्ग अस्पतालबाट काठमाडौँ रिफर गरिएका घाइतेहरु निम्न छन्:- 

१.  गोविन्द तामाङ्ग (त्रिपुरासुन्दरी ९)

२. दिप्सन पाण्डे (आगिन्चोक १)

३. शान्ता गौली (नीलकण्ठ-२)

४. अनिशा बिक (नीलकण्ठ-३)

५. रेशम बहादुर आले मगर (त्रिपुरासुन्दरी ३)

६. आशिष सामरी (नीलकण्ठ-९)

७. सानुमाया गुरुङ (त्रिपुरासुन्दरी ७)

८. भोज नारायण श्रेष्ठ (त्रिपुरासुन्दरी ६)

९. इन्द्र प्रसाद बन्जारा (त्रिपुरासुन्दरी ६)

१०. हरिचन्द्र गौली (त्रिपुरासुन्दरी २)

११. लक्ष्मीदेवी सापकोटा (त्रिपुरासुन्दरी ७)

१२. जमुना बन्जरा (काठमाडौँ)

१३. बिजुली सिटौला (आगिन्चोक १)

१४. घ्यु कुमारी परियार (त्रिपुरासुन्दरी ४)

१५. बिष्णुमायाँ धरेल (खहरे ७)

१६. जे ई सो (साउथ किरियन नागरिक) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल