Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डोल्पामा अफिम खेति भेटियो, प्रहरिले पूरै नष्ट गर्यो खेतिवाला पक्राउ

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही | जेष्ठ १६, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक लागू औषधको रुपमा प्रयोग हुने अफिम खेति गरेको भेटिएको छ । ठुली भेरि नगरपालिका वडा नँ ९ डाँगिवाडा भन्ने ठाँउमा ३ सय वर्ग मिटरमा क्षेत्रफलमा पहिलो पटक अफिम खेति गरेको फेला परेको हो । डाँगिवाडा निवासि हरिनन्द डाँगिले उक्त अफिमको खेति गरेको प्रहरिले  जानकारि दिएको छ ।

आइतबार बिशेष सुराकीबाट जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि निरिक्षक पबिन्द बमको नेतृत्वमा गएको एक टोलीले डाँगिवाडामा खेति गरिएको अफिम पूरै नष्ट गरेको हो । जग्गामा भएको अफिम नष्ट गरिएको र डाँगिको घरमा खानतलासि गर्दा उनको घरबाट केहि ग्राम तयारि पार्दै गरेको अफिम बरामद गरिएको प्रहरि निरिक्षक बमले बताउनु भयो ।

केहि ग्राम अफिम सहित डाँगिलाइ प्रहरिले नियन्त्रणमा लिएर आइतबार राति नै जिल्ला प्रहरि कार्यालय डोल्पामा राखिएको छ । अफिम खेति गर्ने हरिनन्द डाँगिलाइ लागूऔषध एन २०३३ अनुसार कारवाहि हुने प्रहरि नायव उपरिक्षक समित खड्काले जानकारि दिनु भयो । डोल्पा पहिलो पटक खेति गरेको लागुऔषधको रुपमा प्रयोग हुने अफिम खेति प्रहरिले बिशेष सुराकीबाट नष्ट गरेकोले लागु औषधका त्यस्ता कुनै पनि क्रियाकलाप अबका दिनमा नँहुनेमा प्रहरि सचेत रहेको पनि डिएसपि खड्काले ताबि गर्नु भयो ।

डोल्पा जिल्लामा मदिरा सेवन,सुर्तिजन्य पर्दाथ बाहेक अन्य त्यस्ता लागूऔषधका रुपमा कूनै पनि घटनाहरु घटेको पाइदैन तर एक्कासि डोल्पा जिल्लाको सदरमुकाम भन्दा १२ किलोमिटरको दुरिमा रहेको बस्तिमा अबैध रुपमा अफिमको खेति गरेको फेला परेपछि लागूऔषधको ब्यापार डोल्पामा पनि भित्रिएको र ब्यावसायिक रुपमा गर्ने गरेको आसँका रहेको छ । यसरि डोल्पा जस्तो जिल्लामा नै खुलेयाम लागूऔषको ब्यावसाय नै गर्न लागे पछि डोल्पाली जनताहरु त्रसित भएका छन । तर यसरि गरिएको अफिम खेति कहाँ र कुन ठाँउमा निर्यात हुन्छ भन्ने कुरको कूनै यर्थाथ जानकारि कसैलाइ पनि छैन ।