६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दिदीको बलात्कार हुँदै गरेको बहिनीले देखेपछी बन्चरो प्रहार गरि हत्या

२६ जेष्ठ २०७४, शुक्रबार १६:१४

जेठ २६, सुरुङ्गा (झापा) | दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । अधिकारीले बालिकाकी दिदीलाई जबर्जस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । 

दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरी समक्ष स्वीकारेपछि उनलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मृतक बालिका स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दै थिइन्, स्कूलबाट घर फर्किएपछि उनी पेट दुख्यो भन्दै घरको माथिल्लो तलामा गएर सुतेकी थिइन्, सोही समयमा ठूलोबुबा भनिने छिमेकी अधिकारीले दिदीमाथि जबर्जस्ती करणीको प्रयास गरेका थिए, मुख थुनेर करणीको प्रयास भइरहँदा दिदीले चिच्याएपछि मृतक बालिका ब्युझिएकी थिइन् र हल्ला गर्ने डरले उनको हत्या भएको रहेछ ।” 

अधिकारीले बालिकाको अनुहार, टाउको र छातीमा पटक–पटक बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो प्रहरी नायब उपरीक्षक लिम्बूले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा