२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पौष्टिक आहारका बोरा होटलमा बेवारिसे अवस्थामा फेला

१७ कार्तिक २०७२, मंगलवार ०९:३५

सम्राट सिंह । कात्तिक १७, बझाङ । विश्वखाद्यले शिक्षाका लागि खाद्य कार्यक्रम अन्र्तगत बितरणका गरेका पौष्टिक आहारका बोरा सदरमुकाम चैनपुरको एक होटलमा बेवाारिसे अवस्थामा फेला परेका छन । बझाङ जिल्लाको सदरमुकाम चैनपुरको धनलक्ष्मी होटलको भुँईतलाको दाउरा स्टोर गर्ने ठाउँमा मुसाले काटेको अवस्थामा मंगलबार २ वटा बोरा पौष्टिक आहार फेला परेका हुन ।

पटक पटक विद्यार्थीहरुलाई खुवाउने पौष्टिक आहार शिक्षकहरुले विद्यालयमा नलिने र बिच बाटोमा बिक्री बितरण गर्ने जनगुनासो आउने गरेको थियो । कैलास गाविसका एक शिक्षकले पौष्टिक आहारका बोरा होटलमा छोडेर गएका थिए होटलकी संचालिकाले भनिन् पौष्टिक आहारका बोरा राखेको धेरै दिन भइसक्यो हालसम्म पनि लिएको छैन । जिल्लाबासीले विश्वखाद्यको शिक्षाका लागि खाद्य कार्यक्रम प्रभावकारी नभएको पटक पटक जनगुनासो आउँदा समेत सरोकारवालाहरुलाहरुले चासो नदिदा कार्यक्रम संकटमा परेको छ ।

विश्वखाद्यले विद्यार्थी बालबालिकाको स्वास्थ्यमा सुधार तथा शिक्षामा पहुँच स्थापना गर्न बिगत एक दशकदेखि पौष्टिक आहार बितरण गर्दै आएको भएपनि सम्बन्धित बिद्यालयमा नै नपुगी बिच बाटोमा बिक्री बितरण हुने गरेको मेल बिसौना गाविसका धिरज धामीले बताए । बिद्यार्थी बालबच्चाका लागि आएको पौष्टिक आहार शिक्षकहरु केही सदरमुकाम चैनपुरमा नै छोड्ने गरेको र केही गाउँमा ल्याएर गाई भैसीलाई खुवाउनका लागि बिक्री गर्ने गरेको उनको भनाइ छ ।

शिक्षाका लागी खाद्य परियोजना हेर्ने रिशिराम बिन्दीले पौष्टिक आहार सम्बन्धित विद्यालयमा नपुगेर बाटोमा दुरुपयोग हुने गरेको स्विकार्दै २ महिना यता भने आफुले कडा निगरानी राखेको बताए । उनले भने बेवारिसे अवस्थामा होटलमा फालेका पौष्टिक आहारका बोरा कुन विद्यालयको हो छानविन गर्नेछु । विश्वखाद्यको शिक्षाका लागि खाद्य कार्यक्रम पौष्टिक आहार जिल्लाका २३७ वटा सामुदायिक विद्यालय र ८ वटा बाल विकास केन्द्रमा बितरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प