२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

डिपोमा चामल छैन संस्थानको गोदाममा कुहिने अवस्थामा

१९ कार्तिक २०७२, बिहीबार ०८:०९

सम्राट सिंह, कात्तिक १९ बझाङ / जिल्लाको मेलबिसौना गाविसमा रहेको खाद्य डिपोमा चामल छैन तर खाद्य संस्थान बझाङमा गत बर्ष भित्रिएको चामल बिक्री नहुँदा गोदाममा नै कुहिने अवस्थामा पुगेको छ । स्थानिय बजारको दररेट भन्दा खाद्य संस्थानमा रहेको चामल महङ्गो र संस्थानको कार्यालय अपायक पर्ने ठाउँमा भएकाले चामल कुहिने अवस्थामा पुगेको हो ।

जिल्लामा मोटो चामल स्थानिय बजारमा प्रतिकिलो ३३ रुपिँया र खाद्य संस्थानले ३६ रुपिँया मा बिक्री गर्ने गरेको छ । जिल्लाको मेलबिसौना गाविसमा रहेको एकमात्र खाद्य डिपोमा चामल अभाव भएको तर जिल्ला खाद्य संस्थानको गोदाममा ५ सय ३ क्विन्टल चामल बिक्री नभएर कुहिने अवस्थामा छ ।

सरकारले स्थानिय बजार भन्दा सस्तो र गुणस्तर चामल बिक्री गरी जनता लाई राहत दिनुको साँटो प्रतिकिलो ३ रुपिँया महङ्गो लगाएर जनतालाई मारमा पारेको मेलबिसौना गाविस घर भएका सुरेन्द्र सिंहले बताए । खाद्य संस्थानको गोदाममा थन्किएको चामल तत्काल मेलबिसौना डिपोमा सार्नुपर्ने उनको भनाइ छ ।

गाउँमा चामलको माग छ तर संस्थानले चामल पु¥याउन सकेको छैन । खाद्य संस्थानको प्रधान कार्यालयले जिल्लाका विकट गाविसहरुमा थप खाद्य डिपो बिस्तार गरी जनतालाई सेवा दिनुपर्ने देखिन्छ । भौगोलिक विकटता भएको बझाङ जिल्लाका केही विकट गाविसका बासिन्दाहरुले भने मोटो चामल प्रतिकिलो ८० रुपिँया देखि १५० रुपिँया सम्म किनेर खानुपर्ने बाध्यता रहेको छ ।

महङ्गो मुल्यका कारण संस्थानको चामल बिक्री नभएको जिल्ला खाद्य संस्थान बझाङका प्रमुख ईश्वरी दत्त पाण्डेले बताए । उनले भने पौष महिना भित्र चामल डिपोमा सार्न खाद्य संस्थानको प्रधान कार्यालय र क्षेत्रिय कार्यालयमा पत्राचार गरेको छु आदेश आउने बितिकै चामल डिपोमा सारी बिक्री गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प