पढ्न करिब 1 मिनेट लाग्छ

असार १, दैलेख । दैलेख बस दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत भएको छ ।

बुधबार कालिकोटको जितेबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस आठबीस नगरपालिकको राकम कर्णालीस्थित भेल्तडीको नैनेल मन्दिर नजिकै दुर्घटना भएको हो । बसमा सवार ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा अछामको पञ्चदेव-विनायक नगरपालिका सिंह नेपाली, रुपा नेपाली, भैरवस्थान धिरेन्द्र बीसी रहेका छन् ।

यस्तै कालिकोटको राजकोट नगरपालिका- ६ का युवराज शाही, मेनका फर्साल, शान्नि त्रिवेणी गाउँपालिका सुनिल शाही, होइजाली सुनार र रासकोट नगरपालिका- ५ का धर्मराज शाही, प्रकाश शाही र कविता शाही रहेका छन् । यस्तै बाजुराका मंगल कसेराको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।