२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्लाका झण्डै दर्जनौ सरकारी कार्यालय प्रमुख बिहिन

२०७२, ५ मंसिर शनिबार ११:२६

सम्राट सिंह । बझाङ ५ मंसिर । बझाङ जिल्लाका झण्डै दर्जनौ सरकारी कार्यालयहरु प्रमुख बिहिन बनेका छन । दशै तिहारका लागि घर बिदामा गएका कार्यालय प्रमुख बिदा सकिदा समेत कार्यालयमा नर्फकदा कार्यालयहरु प्रमुख बिहिन बनेका हुन ।

जिल्ला विकास समिति,जिल्ला कृषि विकास कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला सिचाँई कार्यालय,जयपृथ्वी बहादुर सिंह मार्ग एवं बझाङ सडक आयोजना, जिल्ला बन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र, जयपृथ्वी नगरपालिका लयागतका कार्यालयमा बिदा सकिएको दुई साता बितिसक्न लाग्दा समेत प्रमुख नआउदा सेवाग्राही मर्कामा परेका छन ।

कामका लागि लगातार ३ दिनसम्म गए तर प्रमुख नहुँदा रित्तो हात घर फर्कन बाध्य भएको शुक्रबार जिल्ला विकास समिति मा सेवा लिन आएका विकट गाविस दाँतोला घर भएका सुरेन्द्र सिंहले बताए । सरकारी कार्यालयका प्रमुख नै राज्यप्रति उत्तरदायी नभएको उनले गुनासो गरे । कार्यालयमा प्रमुख नभएको गुनासो जनताबाट आउने गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । आइतबार बाट जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा अनुगमन गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन