११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला प्रशासन कार्यालय बझाङका ७६ कर्मचारी छड्केमा

७ मंसिर २०७२, सोमबार ११:५१

सम्राट सिंह/मङ्सिर ७, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले गरेको छड्के अनुगमनमा ७३ कर्मचारी अनुपस्थित रहेका छन ।

कार्यालयमा समयमै कर्मचारी नआउने जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको एक टोलीले आइतबार र सोमबार जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा छड्के अनुगमन गरेको थियो ।
अनुगमनमा जिल्ला वन कार्यालयमा ४, जिल्ला विकास समितिमा ७, जयपृथ्वी नगरपालिकामा ६, जिल्ला अस्पतालमा १८, सु.प.सिचाई विकास डिभिजन कार्यालयमा १०, खोड्पे बझाङ सडक योजनामा ५, जिल्ला मालपोत कार्यालयमा ६, जिल्ला प्राविधिक कार्यालय ८, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा १२ जना कर्मचारीहरु अनुपस्थित रहेको अनुगमनका टोली प्रमुख हरिश बिष्टले बताए ।

बिदा सकिएको दुई साता बितिसक्दा समेत जिल्लाका झण्डै दर्जनौ सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी अझै कार्यालयमा फर्केका छैनन् । जनताका लागि काम गर्ने सरकारी कार्यालय भनौ या सरकारी कर्मचारीको लार्पबाहिले जनताले दुःख भोग्नु परेको सोमबार जिल्ला विकास समिति मा सेवा लिन आएका विकट गाविस रिलु घर भएका बिन्दु आग्रीले बताए ।

उनले भने म मात्र नभएर जिल्लाका विकट काँडा,दाँतोला, धमेना र मेलबिसौना गाविस लगायतका सेवाग्राहीेहरु कर्मचारी कार्यालयमा नहूँदा रित्तो हात घर फर्कन बाध्य छन ।

कार्यालयमा कर्मचारी नबस्ने गरेको पटक पटक जनगुनासो बढेपछि छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । छड्के अनुगमनमा परेका कर्मचारीलाई कानुन अनुसार कारबार्हि गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ