तामाकोशीमा डुबेर बेपत्ता बालकको खोजी कार्य जारी

Posted on: 17 Jun, 2017

ताराबहादुर महत । असार ३, दोलखा । पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर बेपत्ता भएका एक बालकको खोजी कार्य जारी रहेको दोलखा प्रहरीले जनाएको छ ।

शुक्रबार अपराह्न्न करिब ४ बजे तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ५ शहरेका विमल सुवेदीका ११ वर्षिय छोरा नारायण सुवेदी बेपत्ता भएका थिए ।

बेपत्ता भएका बालकको खोजि कार्य किर्नेटारको प्रहरी र नेपाली सेनाले जारी राखेपनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी र घटनाको थप अनुसन्धानका लागि अहिले प्रहरी निरिक्षक रमेश प्रधानसहितको टोलि घटनास्थलतर्फ लागेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!