२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गी युवा दिनेश द्वारा नेपालको प्रतिनिधित्व

२०७२, ११ मंसिर शुक्रबार ०९:३६

सम्राट सिंह/मङ्सिर ११, बझाङ । थाईलेन्डको राजधानी बैककमा सम्पन्न भएको अन्र्तराष्ट्रिय भेला वान यौङ्ग वोल्र्ड समीट २०१५ मा नेपालको तर्फबाट बझाङ जिल्लाका युवा दिनेश रताला जोशीले प्रतिनिधित्व गरेका छन ।

नोभेम्बर महिनाको १८ तारिक देखि २१ तारिक सम्म भएको युवाहरुको अन्र्तराष्ट्रिय भेलामा १९६ देशका १३०० प्रतिनिधिको भेलामा नेपालको तर्फबाट रतालाले प्रतिनिधित्व गरेका हुन । २०१० देखि संञ्चालन हुदै आएको उक्त भेलामा संसारभरका १८ देखि ३० बर्ष सम्मका युवाहरुलाई सम्मिलित गराई हरेक बर्ष अन्र्तराष्ट्रिय मामिलाका बिषयहरुमा छलफल हुने गरेको छ ।

भेलामा नोबेल शान्ति पुरस्कार बिजेता एवं संयुक्त राष्ट्र संघका सातौ महासचिव कोफी अनान तथा नोबेल शान्ति पुरस्कार बिजेता एवं ग्राामीण बैकंका संस्थापक प्रोफेसर कोहम्बद युनुस जस्ता उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त भेला मार्फत रतालाले डिसेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धि बृहत सभामा भाग लिन जाने नेपाली नेताहरुको टोलीलाई देशमा जयवायु परिवर्तनले गरेको असरलाई गम्भिर रुपले लिनुपर्ने माग राख्दै नेपालका प्रधानमन्त्री केपी शर्मा वली ज्यू लाई सम्बोधन पनि गरेको थियो ।

संयुक्त राष्ट्र संघको विश्व विद्यालयबाट वातावरणीय सुशासन विषयमा स्नातकोत्तर प्राप्त उनले आफ्नो सम्बोधनमा नेपालमा जलावायु परिवर्तनको असर विभिन्न छत्र र समुदाय अनुरुप भिन्न खालको भएको र यसको असर घटाउनका निमित्त यथासिघ्र विभिन्न विधाका विज्ञहरु सम्मिलित स्वतन्त्र र समावेसी कार्यदल गठन गर्नुपर्ने समेत प्रस्ताव राखेका थिए ।

बझाङ जिल्लाको सुवेडा रताली घर भई जापानको टोकियो शहरलाई कर्मथलो बनाउदै आएका दिनेशले साथीहरुसँग मिली युमी नेपाल ट्रस्ट नामक संस्था को स्थापना गरी पूर्वी नेपालको खोटाङ्ग जिल्लामा एउटा स्कूल स्थापना गरेको छ ।

दश बर्षको उमेरमा राष्ट्रव्यापी छात्रवृती पाएर बुढानिलकण्ठ स्क्ूलमा भर्ना भएका रताला उच्च शिक्षा हासिल गर्न जापान पुगेका थिए । हाल उनी सुदूरपश्चिम समाज जापानका सल्लाहकार रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन