२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गी युवा दिनेश द्वारा नेपालको प्रतिनिधित्व

११ मंसिर २०७२, शुक्रबार ०९:३६

सम्राट सिंह/मङ्सिर ११, बझाङ । थाईलेन्डको राजधानी बैककमा सम्पन्न भएको अन्र्तराष्ट्रिय भेला वान यौङ्ग वोल्र्ड समीट २०१५ मा नेपालको तर्फबाट बझाङ जिल्लाका युवा दिनेश रताला जोशीले प्रतिनिधित्व गरेका छन ।

नोभेम्बर महिनाको १८ तारिक देखि २१ तारिक सम्म भएको युवाहरुको अन्र्तराष्ट्रिय भेलामा १९६ देशका १३०० प्रतिनिधिको भेलामा नेपालको तर्फबाट रतालाले प्रतिनिधित्व गरेका हुन । २०१० देखि संञ्चालन हुदै आएको उक्त भेलामा संसारभरका १८ देखि ३० बर्ष सम्मका युवाहरुलाई सम्मिलित गराई हरेक बर्ष अन्र्तराष्ट्रिय मामिलाका बिषयहरुमा छलफल हुने गरेको छ ।

भेलामा नोबेल शान्ति पुरस्कार बिजेता एवं संयुक्त राष्ट्र संघका सातौ महासचिव कोफी अनान तथा नोबेल शान्ति पुरस्कार बिजेता एवं ग्राामीण बैकंका संस्थापक प्रोफेसर कोहम्बद युनुस जस्ता उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त भेला मार्फत रतालाले डिसेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धि बृहत सभामा भाग लिन जाने नेपाली नेताहरुको टोलीलाई देशमा जयवायु परिवर्तनले गरेको असरलाई गम्भिर रुपले लिनुपर्ने माग राख्दै नेपालका प्रधानमन्त्री केपी शर्मा वली ज्यू लाई सम्बोधन पनि गरेको थियो ।

संयुक्त राष्ट्र संघको विश्व विद्यालयबाट वातावरणीय सुशासन विषयमा स्नातकोत्तर प्राप्त उनले आफ्नो सम्बोधनमा नेपालमा जलावायु परिवर्तनको असर विभिन्न छत्र र समुदाय अनुरुप भिन्न खालको भएको र यसको असर घटाउनका निमित्त यथासिघ्र विभिन्न विधाका विज्ञहरु सम्मिलित स्वतन्त्र र समावेसी कार्यदल गठन गर्नुपर्ने समेत प्रस्ताव राखेका थिए ।

बझाङ जिल्लाको सुवेडा रताली घर भई जापानको टोकियो शहरलाई कर्मथलो बनाउदै आएका दिनेशले साथीहरुसँग मिली युमी नेपाल ट्रस्ट नामक संस्था को स्थापना गरी पूर्वी नेपालको खोटाङ्ग जिल्लामा एउटा स्कूल स्थापना गरेको छ ।

दश बर्षको उमेरमा राष्ट्रव्यापी छात्रवृती पाएर बुढानिलकण्ठ स्क्ूलमा भर्ना भएका रताला उच्च शिक्षा हासिल गर्न जापान पुगेका थिए । हाल उनी सुदूरपश्चिम समाज जापानका सल्लाहकार रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…