डिवि विष्ट/ मंसिर १३, (चैनपुर) बझाङ । बझाङ जिल्लामा केही महीना देखी चोरी हुन थालेको छ । शनिबार राती दौलीचौर गाविस वर्डा नः२ निबासि ललीत बोहराको घरमा कोठा भाडामा बस्दै आएका पिपलकोट गाविस वर्डा नः ८ निबासि कुन्ति देवि सिहँको कोठा बाट नगद ५५ हजार सहीत ३ तोला सुन चोरी भएको कुन्ति सिहँले जानकारी दीनु भयो ।
आफु शुक्रबार बेलुका माईती घर जयपृथ्वी नगरपालीका १३ नौरा गएको बेलामा शुक्रबार राती कोठा बाट उक्त नगद ५५ हजार र ३ तोला सुन चोरी भएको सिहँले बताउनु भयो । आईत बार विहान १० बजे घर बाट आई कोठा खुल्लै र कोठामा भएको सामान जथाभावि रुपमा तितर वितर पारेको देखे पछि कोठा चोरी भएको आफुलाई थाहा भएको सिहँले जानकारी दीनु भयो ।
कोठामा भएको सुनको हार १ थान,२ थान झुम्का र २ थान औठी गरी जम्मा ३ तोला बराबर सुन र नगद ५५ हजार चोरी भएको सिहँलाई उद्धीत गर्दै जिल्ला प्रहरी कार्यलयले जानकारी दीएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले चोर उम्कीन नपाउने चाँडै चोर पत्ता लाग्ने प्रहरीले अनुसन्धान जारी राखेको दाबी गर्नु भएको छ ।